३ महिने तालिम सुरु

लेटाङ, ५ बैशाख । ३ महिने सौन्दर्यकला तालिम लेटाङमा सुरु भएको छ । ३ नं. वडा कार्यलय लेटाङको सहयोगमा लेटाङ सौन्दयकला ब्यबसायी समुहको आयोजनामा उक्त तालिम लेटाङमा सुरु गरिएको हो । तालिममा १५ जनाको सहभागिता रहेको छ भने सहभागिले तालिम सकेपछी सिटिभिटिको लेभल १ को परीक्षा समेत दिन सक्ने संस्थाकी अध्यक्ष दमयान्ता सुब्बाले बताउनुभयो । […]

गाउँतिर पसेको हरिणलाई स्थानियवासिद्वारा उद्वार

वन डढेलो लगायतका बिभिन्न कारणले वासस्थानमा समस्या आई जंगलबाट गाउँतिर पसेको हरिणलाई लेटाङ ९ जाँतेका स्थानियवासिद्वारा उद्वार गरि डिभिजन वन कार्यालयमा बुझाएका छन । (नेत्र दाहाल बाट )

लेटाङमा न्यायिक संवाद

लेटाङ, २८ चैत । पुनरावेदन अदालत विराटनगरले न्यायिक सेवा प्रवाहमा न्यायपालिका हाम्रा बुझाई र अपेक्षाहरुको शिर्षकमा अन्तरसंवाद गरेकोे छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई लेटाङ नगरपालिकाले ब्यवस्थापन गरेको हो । अदालत प्रति जनताको बुझाई कस्तो छ भन्ने विषयमा धारणा बुझि गलत बुझाईलाई न्युनिकरण गर्दै न्यायप्रणालीमा जनताको पहुँच बृद्धि […]

राष्ट्रपाति रनिङशिल सुरु

लेटाङ, २८ चैत । आज वाट लेटाङमा राष्ट्रपति रनिङशिल प्रतियोगिता आज वाट सुरु भएको छ । लेटाङ नगरपालिका ४ स्थित आर्मी क्याम्प छेउमा रहेको खेलमैदानमा सुरु भएको प्रतियोगितामा लेटाङ नगरपालिका भरीका माविहरुको सहभागिता छ । दौड , भलिवल लगायतका खेलकुद प्रतियोगिताकोे आज एक कार्यक्रम गरि लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गर्नुभयो । कार्यक्रम भोली […]

९ नं. वडा कार्यालयको भवन सिलन्यास

लेटाङ , २८ चैत । लेटाङ नगरपालिका वडा नं ९ को कार्यलय भवन आज सिलन्यास गरिएको छ । जम्मा ५ कटठा क्षेत्रफलमा ८२ लाखको लागतमा बाराजी कंस्ट्रक्सनले निर्माणको जिम्मा पाएको सो भवनको आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सिलन्यास गर्नुभयो । उक्त भवन २०७८ असार मसान्त सम्ममा निर्माण गरिसक्ने सम्झौता भएको प्रमुख प्रसासकिय अधिकृत अच्युत […]

बजार नपाएपछि किसान द्धारा निशुल्क टमाटर वितरण

लेटाङ, २० फागुन । आफुले उत्पादन गरेको टमाटरले वजार नपाउदा किसानहरुले उत्पादन गरेको टमाटर निशुल्क रुपमा वितरण गरेर सरकारको विरोध गरेका छन् । बजार ब्यवस्थापनमा सरकारले चासो नदिदा किसानले उत्पादन गरेको टमाटार बारीमै कुहिने अवस्था आएपछि लेटाङ नगरपालिका वडा नं. ८ स्थित जाँते बजारमा किसानहरुले गाउलेलाई वोलाएर आफुले उत्पादन गरेको टमाटर सित्तैमा वितरण गरेका हुन् […]

सौर्य प्लान्टबाट केन्द्रीय प्रसारणमा जोडियो १० मेगावाट विद्युत्

त्रिशूली,१८  फागुन। नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १।२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८।७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो । आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा आउनुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक […]

सल्यानटारमा एक जिउँदो महिलालाई खाडलमा पुरेर हत्या, स्थानीय र प्रहरीविच झडप

पोखरा, १८ फागुन । धादिङमा एक जिउँदै महिलालाई खाल्डो खनेर पुर्ने प्रयास भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं। १ सल्यानटारको बगैंचा घुम्तीमा उक्त घटना भएको हो । स्रोतका अनुसार सडक फराकिलो बनाएर कालोपत्रे गर्ने क्रममा डोजरले ठक्कर दिंदा ४५ वर्षीया सरस्वती कुमाल घाइते भएकी थिइन् । कुमाल घाँस काटेर घर फर्किंदै गर्दा डोजरले ठक्कर […]

अदालतमा हाजिर भएका प्रचण्डले भनेस् ‘अदालतले संविधानको व्याख्या गरोस, जुलुस र भाषणको होइन’

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ लिएर आइतबार सर्वोच्च अदालतमा हाजिर भएका छन् । अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनु’ भनेपछि प्रचण्ड बिहान ११ बजे नै सर्बोच्च पुगेका हुन् । १० बुँदे लिखित जवाफ बोकेर अदालत पुगेका प्रचण्डले आफूले अदालतलाई धम्की दिएको भन्ने झुटो भएको भन्दै आफूविरुद्धको रिट […]

संसद पुनस्थापनासँगै दलहरु सक्रिय, रोकिए विरोध र चुनावी कार्यक्रम

काठमाडौं, १४ फागुन । प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै संसद पुर्नस्थापना भएपछि नेकपाको दुवै समूह सक्रिय भएको छ । सर्वोच्च अदालतले मंगलबारे प्रतिनिधिसभा विघटनको निर्णय उल्टाएपछि केही दिनदेखि निष्कृय रहेका नेकपाका दुवै समूह छलफलमा जुटेका हुन् । अदालतको फैसलापछि आन्दोलन गरिरहेको नेकपाको दाहाल–नेपाल समूहले विजयोत्सवका रुपमा लिँदै खुसीयाली मनाएको छ । यस्तै […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ