वी‍‍.पी. काेईराला अस्पतालकाे सेवा अब लेटाङबाटै पाईने

लेटाङ ३ असार ।  वी‍‍.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान घोपाको सेवा लेटाङबासीले स्थानिय स्तरबाट पाउने भएका छन् । सामान्य देखि जटिल किसिमका रोगहरुको उपचार सम्बन्धी डाक्टरको ओपिडी सेवा प्राथमिक स्वास्थ्य केन्द्रबाट नै संचालन हुने भएपछि लेटाङ तथा आसपासका जनतालाई धरानसम्म धाई रहनुपर्ने अवस्थावाट मुक्त भएको हो । बुधबार बि।पिको प्राबिधिक टोलीले स्वास्थ्य केन्द्रमा आएर […]

लेटाङमा २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि

लेटाङ , २६ जेठ । लेटाङ नगरपालिकामा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीका अनुसार नगरपालिकामा ३० र २९ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । संक्रमित युवक १४ जेठ यता नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा छन् । नगरको क्वारेन्टाइनमा अन्य १३ जना बसिरहेका छन् ।

सेती अस्पतालमा डायलाइसिस गरिरहेकी संक्रमित महिलाको मृत्यु, मृतकको संख्या १३ पुग्यो

काठमाडौं २५ जेठ । धनगढीस्थित सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उनको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको हो। उनको पिसिआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको छ। धनगढी ४ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। यो सहित नेपालमा कोरोना […]

धानवाली प्रकोप ब्यवस्थापन सम्बन्धी तालिम

लेटाङ, २४ जेठ । धान बालीकाे प्रकाेप ब्यवस्थापन विषयमा तालिमको आयोजना गरेको छ । प्रतिनिधीमुलक रुपमा प्रत्येक वडाबाट ३ जनाको उपस्थितिमा लेटाङका ९ वटै वडाका किषानहरुलाई तालिम प्रदान गरिएको हाे ।   लेटाङ नगरपालिका कृषी शाखाकाे आयोजनामा भएको तालिमलाई प्रशिक्षण गर्नको लागि क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका बाली विज्ञ प्राविधिक बिनोद निरौला र लेटाङ नगरपालिकाका कृषि […]

म्यादि प्रहरीलाई काममा लगाईयाे

लेटाङ, २१ जेठ।  लेटाङ नगरपालिकाले १० जना म्यादि प्रहरी नियूक्त गरेर सुरक्षा ब्यवस्थालाई थप मजबुद वनाउन सुरु गरेकाे छ । आज छनाैट भएका ३ जना महिला तथा ७ जना पूरुषहरुलाई नियूक्तीपत्र दिदै नगरपालिका र नेपाल प्रहरीकाे निर्देशनमा बसेर जिम्मेवारी बहन गर्न भनिएकाे हाे । म्यादि प्रहरी १ महिनाकाे लागि नियूक्त गरिएकाे र काेराेनाकाे अवस्था संगै […]

थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

काठमान्डाै, २१ जेठ ।  नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको बताए । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ रहेको थियो । यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । […]

कालोपत्रे सडकमा ट्रिफर निषेध

डम्बर सिन्चिउरी जाँते, २१ जेष्ठ । हामी कुनै पनि सामान किन्न पसलमा जान्छौं र पसलेलाई सोध्छौं यो सामानको ग्यरेन्टी कति हो ? पसलेको जवाफ आउन सक्छ १/२/३ वर्ष या त जतन गर्नु भो भने अन्य केही वर्ष । अझ छाता व्यापारीको कुरा गरौं भने त निकै फरक जवाफ आउँछ ” घाम पानी बाट जोगाउनु भो […]

जाँतेमा रक्तदान कार्यक्रम आयोजना हुने

डम्बर सिन्चिउरी जाँते, २१ जेष्ठ ।  उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँतेमा यहि जेष्ठ २६ गते सोमबार रक्तदान कार्यक्रम संचालन हुने भएको छ । उक्त रक्तदान कार्यक्रम स्थानिय उज्वल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा हुने वताईएको छ । देश लक डाउनमा परेको अवस्थामा अस्पतालमा उपचाररत विमारीलाई भएको रगत अभाव टार्ने उद्देश्यले उक्त रक्तदान कार्यक्रम […]

नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २०९९

काठमाडौं, २० जेठ ।  नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २७० जना पुरुष र १८ जना महिलामा संक्रमण देखिएको हो। आज थपिएका २८८ सहित नेपालमा […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ