जिल्ला सभापतिद्धारा निर्माणाधिन पूलको अनुगमन

उर्लावारी ७ भदौ । उर्लावारी ९ गाइघाटमा निर्माणाधिन पुलको आज नेपाली कांग्रेस मोरङका सभापति डिगवहादुर लिम्वु सहितको टोलीले अनुगमन तथा निरिक्षण गरेका छन् । पुलको लम्वाइ ४ सय मिटर र चौड़ाई ८ मिटरको सो पुल निर्माण पछी गौरीगंज र गाइघाट जोडदै झापाको चन्द्रगडी सम्म जोडिनेछ । निरिक्षणका क्रममा नेता लिम्बुले यस क्षेत्रको विकास निर्माणामा निरन्तर […]

लेटाङमा बाल क्लबले रोक्यो बाल बिबाह

  लेटाङ ७ भदौ । लेटाङ नगरपालिकाको वडा नम्बर २ को लक्ष्मी माध्यमिक बिद्यालयमा रहेको बाल क्लबले बिबाह गर्न तयारी गर्दै गरेको अबस्थामा रहेको बाल बिबाहलाई बुधबार रोकेको छ । बिद्यालयमा रहेको लक्ष्मी बाल प्रकृति क्लबले बिद्यालयमा अध्ययनरत १५ बर्षिय बालिकालाई बिबाह गर्नबाट रोकेको हो । बिबाह गर्नको लागि तयार भएका सोही वडाको ठाडा टोलमा […]

जेसिज सप्ताहा सुरु

लेटाङ,भदौ ५ गते । मोरङको लेटाङमा मङ्गलबार भएको लेटाङ दौडमा निशान माखिम लिम्बू प्रथम हुनु भएको छ । लेटाङ जेसीजले आयोजना गरेको साडे ४ किलो मिटरको लेटाङ दौडमा लिम्बूले निर्धारित दूरी १२ मिनेट ११ सेकेण्डमा पुरा गर्नु भएको थियो । यस्तै दीपेन लिम्बूले १२ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गर्नुभयो । […]

लेटाङमा भ्यु् टावर सञ्चालन

प्रशान्त निरौला लेटाङ ५ भदौ । लेटाङ ६ गुवावारीको मनोरम दृष्य संगै पर्यटनको उच्चतम सभ्भावना वोकेको लेटाङ नगरपालिकामा गुवावारीको आर्कषणका रुपमा रहेको भ्य् टावरले स्ुनमा सुगन्ध थपेको छ । लेटाङ ६ निवासी कृष्ण चेम्जोङको परिवार मिलेर क्रिमिया होटेल एण्ड भ्यु पोईन्ट सञ्चालनको तयारी गरे संगै सोही ठाउँ आर्कषकको केन्द्र वनेको हो । १९ रापनी जग्गामा […]

वक्र ईदको अवशरमा भोली सार्वजजिक विदा

लेटाङ ५ भदौ । प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय द्धारा वक्र ईदको अवशरमा सावजनिक विदा दिएको छ । भदौ ६ गते मस्लिम धर्मावलम्बीहरुको पर्व परेकाले सार्वजनिक विदा दिईएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

विषादी युक्त पानी खाएका विद्यार्थी फेरी बिरामी

विराटनगर, ३१ साउन । विषादीयुक्त पानी खाएर बिरामी परेपछि उपचार गरेर घर फर्किएका मोरङको लेटाङ ९ स्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु फेरी बिरामी पर्न थालेका छन् । घर फर्किएका मध्ये तीन जना विद्यार्थीमा स्वास्थ्य सम्बन्धी पुरानै समस्या बल्झिएको हो । विद्यार्थीमा चक्कर लाग्ने, बान्ता हुने, पेट दुख्ने, खाना खान नहुने समस्या दोहोरिएको प्रधानाध्यापक खेमराज […]

युवा तथा खेलकुद समन्वय समिती गठन

प्रशान्त निरौला लेटाङ ३० साउन । युवाहरुको खेललाई उजागर गर्ने उदेश्य सहित युवा तथा खेलकुद समन्वय समिति लेटाङ ८ मा गठन भएको छ । लेटाङ नगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको अध्यक्षतमा वसेको भेलाले टंक चेम्जोङको अध्यक्षता युवा तथा खेलकुद समन्वय समिती गठन भएका हो । समितीको उपाध्यक्षमा आशा लिम्बु ,सचिवमा विनोद चेम्जोङ , […]

खाजावापतको पैसा क्यानरको उपचारमा सहयोग

लेटाङ ३० साउन । लेटाङ ५ मा रहेको शिक्षा विकास माविका विद्यार्थीले वोन क्यान्सरको उपचार गराईरहेकी लेटाङ ९ वाह्रगोठेकी मनिषा लिम्बुको उपचारमा २ हजार ३ सय रुपैया सहयोग गरेका छन् । आज मनिषा वचाउ अभियानमा सहयोग संकलन गरिरहेकी लेटाङ लाईन्स क्लवकी अध्यक्ष शान्ति पाख्रीनको घरमा पूगि उक्त रकम विद्यार्थीहरुले मनिषाको उपचारका लागि दिएका छन् । […]

विद्यालयमा बालवालिकाले पिउने पानीमा विष भेटियो

लेटाङ २९ साउन । मोरङको लेटाङ नगरपालिका वडा नं. ९ जाँते अन्तर्गत रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङकीमा साउन २९ गते अज्ञात पक्षबाट विष प्रयोग भएको भेएिको छ । १२ कक्षासम्म सञ्चालनमा रहेको उक्त विद्यालयको सम्पूर्ण कक्षाहरु दिउसोको समयमा सञ्चालन हुने गरेका छन् । अचानक करिव १०ः ०५ बजे विद्यार्थीहरुले खानेपानीमा विषको गन्ध आएको कुरा […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ