
पथरीशनिश्चरे, २५ मङ्सिर । मोरङको पथरीशनिश्चरे २ का जनप्रतिनिधिहरुले आफ्नो तलवभत्ताको रकमबाट सोही वडाको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो स्वीटर प्रदान गरेका छन् । सो विद्यालयको भौतिक सहित शैक्षिक व्यवस्थापनमा जुटेका वडाका जनप्रतिनिधिहरुले मङ्गलबार एक समारोहकाबीच सम्पूर्ण ( ५०) जना विद्यार्थीलाई एक एक थान स्वीटर प्रदान गरेका हुन् । नगरपालिकाका उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख […]
राजघाट(मोरङ) २५ मङ्सिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालका मन्दिर भित्र रहेका मुर्ति जोगाउन नसक्नेले धर्म जोगाउन नसक्ने बताएका छन् ।उनले धर्म, जात, वर्ग, लिङ्गका आधारमा जनतालाई लडाएर धर्मको रक्षा नहुने बताए । थापाले मङ्गलबार मोरङको दुर्गाबारी बजारमा नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिद्वारा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले अब […]
स्नातकोत्तर क्याम्पसमा २ महिनादेखि ताला – राजनीतिक भागबण्डामा क्याम्पस प्रमुख विनोद भण्डारी विराटनगर ,मंसिर २४, २०७५। राजनीतिक भागबण्डाका आधारमा बाहिरका शिक्षकलाई क्याम्पस प्रमुखमा नियुक्ति गरेको विरोधमा प्राध्यापक संघले दुई महिनाअघि यहाँको स्नातकोत्तर क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला अझै खुलेको छैन । यसले क्याम्पसको शैक्षिक कार्यक्रम दुई महिनादेखि प्रभावित बनेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत यहाँका ३ […]
चरिकोट, २४ मङ्सिर । नेपाली काङ्ग्रेसका नेता एवं सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । ग्रामीण क्षेत्रमा एम्बुलेन्स नभएकै कारण कतिपय […]
काठमाडौँ, २४ मङ्सिर (रासस) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार […]
हुम्ला, २४ मङ्सिर। हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सो गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको रु ७० तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासी […]
इनरुवा, २४ मङ्सिर (रासस) सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार÷पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी […]
विराटनगर, १९ मङ्सिर (रासस), मोरङमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न सडक योजनामा कूल रु १४ करोड ४० लाख ३२ हजार खर्च भएको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार बडङ्गा आमबारी उर्लाबारी सडकमा रु पाँच करोड १६ लाख ९८ हजार, रङ्गेली रोडको रामचोकबाट नहरको बाटो हँुदै सीमा सडकसम्मको बाटोमा रु एक करोड […]
उर्लाबारी । प्रदेश नं १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई÷दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ । टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो । सो समयमा […]