
उर्लाबारी, १० भदौ । मदन भण्डारी राजमार्ग बनाउन मदन भण्डारी चुरे राजमार्ग सरोकार समिति, सांसदहरु र जनप्रतिनिधिहरुको संयुक्त बैठकले बिभिन्न पालिकाहरुमा पर्ने सडकको स्थानका बारेमा एकिन गरेका छन् । इलामको रोङ गाउँपालिका ६ मेचीखोलाबाट फलामेटार हुँदै झापाकोे पाटापुरदेखि चतरास्थित सप्तकोशी पुलसम्म जोड्ने सडकको लागि उनीहरुले स्थान छनौट गरेका हुन् । समितिका अध्यक्ष बृहस्पती खतिवडाले […]
काठमाडौं, भदौ ९ । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई ५ लाख धरौटी मागेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की रूकुलाई सामान्य तारेखमा छोडेको हो। उनीहरूलाई […]
विराटनगर ,२८ साउन २७। मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा आर्थिक अनियमितता भएको विषयमा सार्वजनिक लेखा समिति प्रदेश १ ले आयोजक समितिलाई पत्र काटेको छ । लेखा समितिले औपचारिक रुपमा आयोजक पक्षलाई बोलाएर छानबिन सुरु गरेको एक साता वितिसक्दा समेत आवश्यक काजगपत्र नबुझाएको भन्दै समितिले आइतबार पत्र पठाएको हो । यसअघि गत साउन १७ गते […]
काठमाडौं, २७ साउन । नेपालका एक मात्र डलर अर्बपति डा। विनोद कुमार चौधरी व्यापार व्यवसायसँगै अहिले राजनीतिमा पनि सक्रिय छन् । उनी कांग्रेसबाट समानुपातिक सांसद हुन् । चौधरीको यो पहिलो संसदीय अनुभव भने होईन् । यसअघि उनी तत्कालिन नेकपा एमालेबाट संसद भैसकेका थिए । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीसँग सुमधुर सम्बन्ध रहेका चौधरीले उनकै कारणले […]
लेटाङ २७ साउन । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । […]
लेटाङ २६ साउन । लेटाङ नगरपालिका वडा नं. ३ मा अपांगता भएका ब्यक्तिहरुका स्वास्थ्य जाँच तथा अवस्था विश्लेषण गरेको छ । आज लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोख्रेल, वडा नं। ३ का वडा अध्यक्ष देवराज चाम्लिङ सहित डाक्टरहरुको टोलीले वडा नं। ३ का ३५ जना अपांगता भएका व्यक्तिहरुको परिक्षण गरिएको लेटाङ नगरपालिकाकी महिला विकास निरिक्षक सारदा […]
लेटाङ २६ साउन । उत्तरी मोरङका केराबारी उर्लाबारी लेटाङ जस्ता स्थानीय तहमा प्रमुख पद नेपाली कांग्रेसले जितेको अवस्था छ भने उपप्रमुख तत्कालीन एमाले अर्थात नेकपाका हातमा छ । कांग्रेसको नेतृत्व तर नेकपाको बहुमत रहेका स्थानीय तहमा दुई पार्टीवीच बेलाबखत किचलो हुने गरेको छ । लेटाङ नगरपालिका पनि त्यस्तै किचलो भइरहने नगरपालिका हो । पूर्वपश्चिम राजमार्गबाट […]
प्रशान्त निरौला लेटाङ २४ साउन । २५ औ विश्व आदिवासी दिवश भव्यताका साथ मनाईएको छ । लेटाङ नगर समन्वय परिषदको आयोजनामा भएको कार्यक्रममा लेटाङ नगरपालिका भरीका स्थानयि जातिय संस्थाहरुले झाकी सहित नगर परिक्रममा गरेका थिए । आदिवासी जनजातिहरुको हक अधिकार र कर्तव्य वोध हुने खालका प्ले कार्ड वोकेर नगरको परिक्रममा गरिएको थियोे । महासंघले समावेसिताका […]
लेटाङ २२ साउन । आगलागि पिडित ३ परिवारलाई लेटाङ नगरपालिका , नेपाल रेडक्रस सोसाईटी र टोल विकास संस्थाले नगद र राहत सामाग्री सहयोग गरेका छन् । आज पिडितहरुहरु संग पूगेर राहत हस्तान्तरण गरिएको हो । लेटाङ नगरपालिकाले प्राथमिक उपचार तथा आवश्यक सामाग्री किन्नका लागि भनेर प्रति परिवार ५ हजारका दरले १५ हजार रुपैया नगद सहयोग […]