जेसिजले दियो २ सय केजी सोयाविन

लेटाङ २३ चैत । कोरोनाको संक्रमणका कारण देश लकडाउनको अवस्थामा हुँदा लेटाङका अति विपन्न जनताहरुले राहत पाउन् भन्दै लेटाङ जेसिजले २ सय केजी सोयाविन लेटाङ नगरपालिकामा हस्तान्तरण गरेको छ । आज लेटाङ जेसिजले लेटाङ नगरपालिकामा २ सय केजी सोयाविन दिईएको लेटाङ जेसिजका अध्यक्ष सुदेश वस्तीले वताउनुभयो । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै एकद्धार प्रणालीवाट […]

लेटाङ नगरपालिकाका जनप्रतिनिधीद्धारा ६ लाख ९४ हजार रकम राहत कोषमा जम्मा

प्रशान्त निरौला लेटाङ, १९ चैत । नोबेल कोरोना भाईसरको प्रकोप फैलिरहेको अवस्थालाई मध्यनजर गरि लेटाङ नगरपालिकाले नगरस्तरिय राहत कोष स्थापना गरेको छ । सोमवार बसेको विपत ब्यवस्थापन समितिको बैठकवाट नगरपालकिाले यो निर्णय गरेको हो । कोषमा नगरपालिकाका जनप्रतिनिधिहरुको १ महिनाको सेवासुविधा वापतको रकम राहत कोषमा जम्मा गरेका छन् । जनप्रतिनिधीहरुको एकमहिनाको सुविधा वापतको रकम जम्मा […]

कोरोनाकाे शंका लागेकालाई पनि अस्पताल पूर्याउछौ: एम्बुलेन्स चालक

लेटाङ , १६ चैत । एम्बुलेन्स वाट अस्पताल जान चहाने नोवेल कोरोना लगायत सवै किसिमका समस्या भएका विरामीहरुलाई बोक्न आफुहरु तयारी अवस्थामा रहेको लेटाङका एम्बुलेन्स सञ्चालकहरुले बताएका छन् । कोरोना भाईरसको महामारीको समेत प्रवाहा नगरी आफुहरु विरामीहरुलाई अस्पताल पूर्याउन तयार रहेको उनिहरुले वताएका हुन् । मोरङ साकोसका सन्तोष अधिकारीले हामी संग कुरा गर्दै समस्या देखिए […]

विपन्न मजदुरलाई लेटाङ नगरपालिकाले खाद्यन्न वितरण गर्ने

लेटाङ १४ चैत । दैनिक ज्यालादारी गरेर जिविका चलाईरहेका विपन्न मजदुरहरुलाई लेटाङ नगरपालकिाले खाद्यान्न वितरण गर्ने भएको छ । लकडाउनका कारण काम गर्न नपाई खानाको ब्यवस्था गर्न नसकिरहेका मजदुरहरुलाई दाल,चामल लगायतका खाद्यबस्तु वितरण गर्न लागिएको लेटाङ नगरपालिकाका मेयर शंकर राईले जानकारी दिनुभयो । उहाँका अनुसार विपन्न मजदुरको लगत वडा कार्यालयले लिएको र सोही वमोजिम खाद्यन्न […]

लेटाङ नगरपालिकाका जनप्रतिनिधीहरुद्धारा १५ दिनको सेवासुविधा राहत कोषमा दिने

लेटाङ, ११ चैत  । लेटाङ नगरपालिकाका जनप्रतिनीधिहरुले आफ्नो १५ दिनको सेवासुविधा वापतको रकम कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न सरकारले खडा गरेको केन्द्रीय राहत कोषमा जम्मा गरिदिने भएका छन् । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा […]

डिगबहादुर लिम्बुले गरे गम्भिर २ विरामीको उपचार

लेटाङ, ७ चैत । आर्थिक अवस्था कमजोर भई स्वास्थ्यमा गम्भिर समस्या आउदा समेत स्वास्थ्य संस्थामा पूग्न नसकेका लेटाङ नगरपालिका वडा नं. २ का ७८ बर्षिय रत्नवहादुर परियार र ३० बर्षिय मात्रिका दर्जीलाई नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले पहल गरि नोवेल अस्पतालमा उपचारका लागि पठाउनुभएको छ । आर्थिक अवस्था ज्यादै नै कमजोर भएका मात्रिका दर्जी […]

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्र आन्तरिक रणनीति बनाउँदै

चाँदनी हमाल काठमाडौँ, ६ चैत । कोभिड–१९ अर्थात् कोरोना भाइरससँग लड्न एकजुट हुने प्रयास अन्तर्गत साझा रणनीति निर्माणका लागि सार्क राष्ट्र आन्तरिक गृहकार्यमा व्यस्त छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य मुलुकहरूले पहिलो पहल अनुसार पाँच दिनअघि भिडियो सम्मेलन गरेर आफ्ना अनुभव साटासाट गरेका थिए । जसले विश्व मञ्चमा सकारात्मक सन्देश दिएको थियो । सङ्कटका बेला […]

मोरङ कांग्रेसका सभापति लिम्बुले गरे मृगाैला राेगीकाे उद्धार

लेटाङ, २७ फागुन । उपचारका अभावमा रोगले थलिएर घरमै बस्न बाध्य बनेकी लेटाङ ९ जाँतेकी करिव ५० बर्षिय सिता लिम्बुलाई नेपाली कांग्रेसका जिल्ला सभापती डिगवहादुर लिम्बुले उपचारका लागि विराटनगरको नोवेल अस्पताल भर्ना गराउनुभएको छ । पैसा नभएर मृत्युको पर्खाइमै बसिरहेकी लिम्बुलाई लिम्बुले उपचारका लागि नोवेल अस्पतालकै एम्बुलेन्समा राखेर अस्पताल पूर्याइ उपचार सुरु गरिएको सभापति लिम्बुले […]

सुत्केरी र शिशुको मृत्युसँगै रंगेली अस्पताल तनावपूर्ण

रबिन्द्र बराल रंगेली ६, फाल्गुन । मोरङको रंगेली नगरपालिका–७ स्थित रंगेली अस्पताल मंगलबार पनि तनावग्रस्त बनेको छ । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु मा डाक्टर को लापरबाहीका कारण भएको भन्दै आफन्त हरु ले अस्पताल परिसरमा नारावाजी गरिरहेका छन । रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र नवजात शिशुको सोमबार मृत्यु भएपछि अहिले तनावग्रस्त बनेको […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ