
केराबारीलाइ पनि दिइयो लेखा अधिकृतको दरबन्दी केराबारी १४ भदौ । केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएर अन्यत्र गएका छन् भने नयाँ प्रशासकीय अधिकृत सरुवा भएर आएका छन् । करिब डेढ बर्षदेखि कार्यालय प्रमुखको रूपमा कार्यरत डम्मरु बल्लभ बराल सरुवा भएर संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा गएका छन् । त्यसैगरी हालसम्म लेटाङमा निमित्त प्रमुख […]
लेटाङ १४ भदौ । लेटाङ भरीका महिलाको हक हितमा काम गर्ने उदेश्यले स्थापना भएको महिला जागरण समूहको उद्घाटन उद्योग वाणिज्य संघको भवनमा बुधबार भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । संस्थाको उद्घाटन साथै हरितालिका तीज विशेषको अवसर पारेर संस्थाले कार्यक्रम सम्पन्न गरेको हो । लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न […]
विराटनगर, १४ भदौ । मोरङका नौवटा स्थानीय तहलाई एक दर्जन बढी खोला नदीबाट करीव २९ लाख घनमिटर खोलाजन्य स्रोत बिक्री गर्न अनुमति दिइएको छ । मंगलबार बसेको जिल्ला समन्वय समिति मोरङको बोर्ड बैठकले प्रारम्भिक वातावरणीय परीक्षण ९आइईई० सम्पन्न गर्ने स्थानीय तहलाई विभिन्न परिमाणमा खोला नदीबाट ढुंगा, गिटी, बालुवा र भरौटको उत्खनन् र बिक्री गर्न […]
काठमाडौँ, १२ भदौ । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज १४ सम्म सञ्चालन […]
देबु बानियाँ लेटाङ १२ भदौ । लेटाङ जेसीजको ‘जेसीज सप्ताह २०१८’ समापन भएको छ । व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यस संस्थाले वर्ष २०१८ लाई थप प्रभावकारीसहित सफल बनाउने उदेश्यका साथ विभिन्न कार्यक्रमका साथ यो वर्षको जेसीज सप्ताह सम्पन्न गरेको छ । गत भदौ ५ गते खुल्ला जेसीज दौडसहित सुरु भएको सप्ताह […]
काठमाडौं । नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले स्थानीय तहमा निर्वाचित ठाउँहरुमा जनतालाई न्युनतममात्रै कर लगाउने घोषणा गरेका छन् । सोमबार कांग्रेस पार्टी कार्यालयमा आयोजित पार्टीबाट निर्वाचित नगर प्रमुख र उपप्रमुखसँगको अन्तरसंवाद कार्यक्रमपछि उनीहरुले सरल र न्युनतममात्र कर लगाउने घोषणा गरेका हुन् । ‘संविधान र कानूनको अधिनमा रही न्यायोचित, सरल र न्यूनतम कर लागउने नीतिमा हामी विश्वास गर्छौं […]
बिसन चाम्लिङ राई ११ भदौ २०७५ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले अघि बढाएको पुर्वपश्चिम बैकल्पिक राजमार्ग (मदन भण्डारी राजमार्ग) आफ्नो गाउँ ठाउँ हुँदै जान लागेको समाचारले फुरुङ्ग भएका लेटाङवासीहरु बर्षौंदेखी भोगचलन र बसोबासगर्दै आएको आफ्नो घरगोठ नै उजाडिएर सुकुम्बासी बन्नुपर्ने अवस्था आउन लागेपछी चिन्तित बनेका छन् । साविक कच्ची सडकलाई नै आधार बनाई गरिएको […]
धिरज दाहाल विराटनगर ११ भदौ । नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक दस्तावेज “बिमान अपहरण काण्ड”मा बनेको बृत चित्र आइतवार विराटनगरमा प्रदर्शन गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागी कांग्रेसले गरेको साहसिक कार्य मध्ये विमान अपहरण पनि एक हो । अपहरणको बारेमा मोरङका अगुवा कार्यकर्तालाई जानकारी गराउन ४५ मिनेटको यो वृत चित्र पर्दशनी गरियो । कांग्रेस सुविद्या भोगी […]
लेटाङ ,९ भाद्र । मोरङको लेटाङ आठ स्थित मंगलबारे बजारमा निर्माण सम्पन्न भएको कालो पत्रे सडक आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । गत वर्षको फाल्गुण १३ गते शुरू गरिएको उक्त कालोपत्रे सडकको गत असार २५ गते नै निर्माण सम्पन्न भएको थियो । आर्थिक वर्ष अन्तको व्यस्तता साथै वर्षा लगायत विविध कारणको व्यस्तताले गर्दा […]