लेटाङ नगरपालिका द्धारा सिसि क्यामेरा जडान

लेटाङ ३१ असार । लेटाङ नगरपालिकाले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनका लागि नगरका मुख्य भागमा सिसि क्यामेरा जडान गरेको छ । नगरपालिकाले लेटाङ नगरपालिका वडा नं. ३ र ४ मा रहेका मुख्य मुख्य चौकमा सिसि क्यामेरा जडान गरेको हो । मिलन चौक , विपी चौक, गंगे चौक , चिसाङ पुल , बसपार्क लगायतका क्षेत्रमा सिसि […]

लेटाङमा आमाको काजकिरिया गर्न कोरोमा बसिन १६ वर्षिय छोरी

लेटाङ,  ९ असार । अझैपनि नेपालका अधिकांस ठाउँमा आमा बुबाको काजकिरिया छोराले नै गर्नुपर्ने मान्यता रहदै आएको छ । पितृको शान्ति र मोक्ष प्राप्तिको लागि छोरीले पिण्ड तर्पण दिन नहुने भएकाले छोरा नभए मित छोरा वा बाबुआमा नभए भतिजा छोराहरुले नै कोरामा बसी पिण्ड चढाउँनुपर्ने सामाजिक संस्कार अझैपनि पाइन्छ । छोरोले मात्र काज किरिया गर्नुपर्ने […]

रंगशाला निर्माण रोकिनुमा नगरपालिकाको हात छैन : नगरप्रमुख

लेटाङ, ४ असार  । मोरङको लेटाङ नगरपालिकाले नगरको वडा नं.५ र ६ को सिमानामा निर्माण हुने भनिएको बुद्ध रंगशाला निर्माण नहुनुमा नगरपालिकाको कुनै भूमिका नभएको प्रष्ट पारेको छ । नगर प्रमुख शङ्कर राईले आफू खेलका माध्यमले राजनीतिमा आएको बताउँदै रंगशाला निर्माण आफ्नो बिगतसँग जोडिएको विषय भएको बताउनु भएको छ । प्रदेश सरकारवाट रंगशाला निर्माण गर्न […]

लेटाङमा २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि

लेटाङ , २६ जेठ । लेटाङ नगरपालिकामा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीका अनुसार नगरपालिकामा ३० र २९ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । संक्रमित युवक १४ जेठ यता नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा छन् । नगरको क्वारेन्टाइनमा अन्य १३ जना बसिरहेका छन् ।

रुकुम घट्नाका दाेषीलाई कारबाहीकाे माग गदै लेटाङ नगर प्रमुखलाई ज्ञापनपत्र

डम्बर सिन्चिउरी लेटाङ्ग १८ जेष्ठ । दलित आन्दोलनको ईतिहाँस लाई नै चुनौति दिँदै जातिय कलंकको रुपमा रहेको छुवाछुत जस्तो अमानविय व्यावहारको चरम पराकाष्ठको उदाहरण बनेको रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ नोतीमा गत ०७७ जेष्ठ १० गते भएको घटनाका दोषीहरुलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै मोरङ्ग लेटाङ्गका दलितहरुले नगर प्रमुख शंकर राई लाई आज एक […]

अबरुद्ध भएको सडक खोल्दै

लेटाङ, १३ जेठ । गएराती आएको हावाहुरीले लेटाङ कानेपाखरी सडक अवरुद्ध भएको छ । सडकमा छेउका रुखहरु ढलेपछी सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । लेटाङ नगरपालिका , ईलाका प्रहरी कार्यालय र पूर्व पृताना शिक्षालय ९लेटाङ आर्मी क्याम्प०को सहकार्यमा अबरुद्ध सडक खुलाउने कार्य भईरहेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

नियमित सेवा पुजामा मात्र सिमित भयो जाँतेको उभौली सेवा

डम्बर सिन्चिउरी जाँते , ३ जेठ । विगतमा उत्तरी मोरङ्ग मध्ये कै निकै तामझाम का साथ सम्पन्न हुने उभौली सेवा गर्ने जाँते भनेर चिनिएको लेटाङ्ग ९ जाँते ले यो साल को उभौली सेवा भने नियमित सेवा पुजा मत्रै गरेर मनाएको छ । कोभिड १९ को चापमा परेको उक्त निम सेवा पुजा गत बुधबार सम्पन्न गरिएको […]

लकडाउनका कारण स्थगित जाँते-पथरी सडक निर्माण शुरु

डम्बर सिन्चिउरी जाँते, १६ बैशाख ।  कोभिड १९  को कहर बाट देश व्यापिरुपमा सरकारले लगाएको लकडाउन सँगै विगत ५ हप्ता अघि देखि स्तगीत पथरी-जाँते- ज्यामिरे सडक खण्डमध्ये जाँतेको मदन चौक क्षेत्रमा भैरहेको निर्माण कार्य आज देखि पुनःशुरु गरिएको छ । उक्त सडक उत्तर पुर्वी मोरङ्गको पथरी बजारको बिच भएर पुर्व पश्चिम राजमार्ग बाट साढे १७ […]

सितल राईलाई थप आर्थीक सहयोग

उर्लावारी २५ असार । दिनभरीको काम सकेर साँझमा घर तर्फ मोटरसाईकलमा फर्किरहेको अवस्थामा विपरित दिशा वाट आएको अर्को मोटरसाईकलले ठक्कर दिदाँ गम्भिर घाईते भई दर्दनाक अवस्थामा वाचिरहनुभएका खोटाङ घर भई हाल मोरङको उर्लावारी ५ बस्ने सितल राईलाई थप ७१ हजार ५ सय ७० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । घाईते भएर घरमै थलिनुभएका राईको […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ