
डिल्ली पाण्डे काठमान्डौ ८ भदौ । कञ्चनपुरमा शुक्रबार प्रहरीको गोली लागि एकको मृत्यु भएको छ। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले महेन्द्रनगर तनाबग्रस्त बनेको थियो। स्थिति तनावग्रस्त भएपछि प्रहरीले शुक्रबार साँझ गोली चलाउँदा १४ वर्षिय चेतन भट्टको मृत्यु भएको हो। अहिले महेन्द्रनगर बजार तनावग्रस्त छ। आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन […]
विराटनगर, ७ भदौ । शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेस मोरङले माग गरेको छ ।विराटनगरसहित मोरङको शान्ति सुरक्षा कमजोर भएको भन्दै मोरङ कांग्रेसले प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय विराटनगरमा बम विस्फोट र हत्या हिंसाका घटना बढ्दै गएको भन्दै कांग्रेसले आज मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ज्ञापनपत्र बुझाएको हो । कांग्रेसले विराटनगर महानगरपालिकाभित्र […]
भाद्र ४, २०७५ मुलुकमा सामाजिक तथा राजनैतिक प्रणालीमा आएको परिवर्तनसँगै कानुनी व्यवस्थाहरूमा समेत व्यापक परिवर्तन गर्ने क्रम प्रारम्भ भएको छ । मस्यौदामै लामो समय खर्चिएर प्रमाणीकरण गरिएका मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन एवं मुलुकी देवानी ९कार्यविधि० संहिता ऐन २०७५ भदौ १ गतेदेखि लागू हुँदैछन् । यी ऐनले […]
देवबहादुर कुँवर काठमाडौँ, साउन ३१ गते । भदौ १ गतेबाट लागू हुने नयाँ मुलुकी संहिताले जस्तोसुकै अपराधमा संलग्न १० वर्षमुनको बालबालिकालाई सजाय नहुने व्यवस्था गरेको छ । बालबालिकालाई कानुनी सजायको भागिदार बन्न १४ वर्ष भन्दामाथिको उमेर तोकिएको छ । अपराध संहिताको दफा ४५ मा १० वर्षभन्दामाथि १४ वर्षमुनिको बालबालिकालाई छ महिनासम्म कैद ब्यबस्था उल्लेख गरिए […]
कञ्चनपुर ७ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलनका क्रममा गोली चलेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो । प्रहरीको गोली लागेर ४ जना घाइते भएको जनाइएको छ । घाइते हुनेमा कञ्चनपुरको सुडाका […]
नेपालगञ्ज, ७ भदौ । नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ । महासङ्घ जिल्लाकार्यसमितिको बुधबार यहाँ बसेको बैठकले पत्रकार रिजालले फेसबुकमा महिला पत्रकारलाई अश्लिल भाषामा गालीगलौज गरेकाले निलम्बन गरेको हो । यसअघि शाखा अध्यक्ष ठाकुरसिंह थारूको अध्यक्षतामा बसेको बैठकले पत्रकार रिजाललाई निलम्बनका लागि केन्द्रमा सिफारिश गरेको थियो । यसअघि महासङ्घले […]
फलेवास, पर्वत, २ जेठ। वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो […]
– विष्णु सुब्बा चैत्र , २०७४ आफ्नै काकाबाट मारिन्छु भन्ने के लागेको थियो र झापा, दमक–७ का राजेश मल्लिकलाई, तर त्यस्तै भयो, २०७४ कात्तिक २५ गते उनी आफनै काकाद्वारा मारिए । दमककै व्यस्त चोकमा अवस्थित त्रिवेणी गेष्ट हाउसमा १९ वर्षीय राजेश मृत भेटिए, त्यो पनि हत्या गरिएको अवस्थामा । उनको कोखामा धारिलो छुरा प्रहार गरिएको थियो […]
सुर्खेत, २१ चैत (रासस) ः कर्णाली प्रदेशसभाको आठौँ बैठकले आर्थिक कार्यविधि सर्वसम्मत पारित गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यही चैत १६ गते संसद्मा सो कार्यविधि विधेय पेश गर्नुभएको थियो । यसलाई सभामुख राजबहादुर शाहीेले छलफलका लागि राख्नुभएको थियो । उक्त विधेयकको दफावार छलफलपछि संसद् बैठकले पारित गरेको हो । […]