मेसिनबाट धान खेती,लागत आधा भन्दा कम 

Letang Khabar बुधबार, आषाढ २७, २०७५

उत्तम पोख्रेल
बेलबारी। मोरङको बेलबारी ९ का किसानहरु यतिबेला मेसिनबाट धान रोप्न थालेका छन् । नेपाल कृषि कम्पनीले कृषिमा आधुनिकीकरण गर्ने अभियान सञ्चालन गरेपछि किसानलाई मेसिनबाटै थोरै खर्चमा धान रोप्ने, गोड्ने र काट्ने मेसिन ल्याएपछि कृषकले यतिबेला मेसिन बाट धान रोप्न थालेका छन ।
१५ दिनको धानको बेर्ना मेसिनबाट रोप्दा किसानहरूले एक बिगाहमा १ सय ५० मनसम्म आम्दानी गर्ने गरेको कृषि कम्पनीका निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । ट्रेमा बेर्नाबाट कृषकहरुले खेती गर्न थालेका हुन । ट्रेमा बेर्ना उत्पादन गर्ने प्रविधि ब्याडमा बीउ राख्दाभन्दा महँगो परेपछि नेपाल कृषि कम्पनीले ब्याडमै प्लास्टिक बिछ्याएर बेर्ना तयार समेत गरिदिन थालेको निर्देशक बस्नेतले बताए ।
यसबाट ८० प्रतिशत लागत घटने समेत उनले दावी गरे । किसानहरूको समूह बनाई एकैपटक एक हजार बिगाह जमिनमा खेती गर्ने योजना रहेको बस्नेतले बताए । बेलबारी नगरपालिकाको समन्वयमा आधुनिक खेति गर्ने योजना बनाएकोे समेत उनले बताए । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदी प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहाल लगायत वडा अध्यक्षहरु सँग छलफल गरी सकेको उनले बताए । मेसिनको माध्यमबाट धान, मकै रोप्ने, गोड्ने र काट्नका लागी मेसिन ल्याई सकिएको कृषी कम्पनीले जनाएको छ ।
एक बिगाह जमिनमा सामान्यत धान रोप्दा २० हल गोरु र ३० जना रोपाहार लाग्ने गर्छ । तर मेसिन बाट धान रोपिसक्दा २२ हजार रुपैयाँ खर्च हुन्छ । गोरु दिनको हलको १ हजार लाग्ने गरेको छ । तर मेसिनले बीउ सहित ११ हजार ५ सयमा एक दिन पनि नलगाई धान रोपिदिने गरेको छ । अहिले उक्त लागत ८ हजारमा घटिसकेको छ । तीन हजार ५ सयमा बीउ राख्न सकिन्छ । धान रोप्नेमात्र होइन गोड्ने, खेतमै काटेर दानामात्र घर लान मिल्ने हार्वेस्टर मेसिन समेत कम्पनिले ल्याइ सकेको छ ।
नेपाल कृषि कम्पनीबाट सुनसरी, मोरङ, झापा र मकवानपुरमा परिक्षणका रुपमा काम गरीसकेको छ । युवा जति बिदेश तिर पलायन भईरहेका बेला कम्पनिले समुह बनाएर गर्ने सामुहिक खेतीलाई पहिलो प्राथमिकता दिईने कृषि कम्पनीका कार्यक्रम प्रबन्धक डा।विवेकानन्द झाले बताए । बेलबारी नगरपालिका सँगको सहकार्यमा आधुनिक खेतिमा कृषकलाई उत्साहित गर्ने कम्पनीले बताएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ