अचार बनाउने तालिम सम्पन्न

Letang Khabar बुधबार, आषाढ २०, २०७५

प्रशान्त निरौला
विराटनगर २४, असार । “सिप सिकौ स्वाबलम्बी बनौ” भन्ने नारा सहित आयोजना गरिएको ३ दिने अचार बनाउने तालिम बिराटनगरमा सप्पन्न भएको छ । मिल्स माविको सभाहलमा प्रमोटिभ नेपालको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा सन्चालित तालिममा बिराटनगर महानगरपालिका वडा नम्बर १६,१७,१८ का २० जना महिलाहरुको सहभागिता थियो ।
अचार बनाउने तालिमको समापन समारोहलाई सम्बोधन गर्दै बिराटनगर महानगरपालिकाका प्रमुख तथा सो कार्यक्रमका प्रमुख अतिथी भिम पराजुलिले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रम ल्याउने बताए । सीप हुने मान्छेले कहिलेपनि अभावमा बाच्नु नपर्ने बताउदै महानगरप्रमुख पराजुलिले सबैलाई सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गरे ।
महानगर भित्र भौतिक, आर्थिक , सामाजिक रुपमा थुप्रै समस्याहरु रहेको र तिनको दीर्घकालीन समधानका लागि आफु लागेको पराजुलीले बताए । महानगरमा निर्माणाधिन पुर्वाधारले ऐले जनतालाई समस्या भए पनि चाडो यसलाई सदाका लागि समधाम गर्न आफ्नो क्षेत्रबाट प्रयास गरिरहेको बताए । उनले महानगरको मातहतमा रहेर काम गर्ने संयन्त्रहरुलाई दिगो तथा तिब्र रुपमा काम गर्न निर्देशन समेत गरे । बिराटनगर बासिलाई ५ बर्ष भित्रमा पुस्तौपुस्ताले देखिने गरिका काम गर्ने मेयर पराजुलिले बताए । उनले निर्माणका क्रममा पर्न गएको अप्ठ्यारो बाट नअतालिन आग्रह गरे ।

३ दिन सम्म लिना उपाध्यायले तालिममा प्रशिक्षण गरेकी थिईन । कार्यक्रम संस्थाकी कोषाध्यक्ष मिरा निरौलाले संचालन गरेकी थिईन भने कार्यक्रमको समापन संस्थाका अध्यक्ष केशब मिश्रले गरेका थिए । तालिम असार २४ गते सप्पन्न भएको हो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ