ग‌ंगामायालाई भेट्न पनि तीन सा‌ंसद जाने

Letang Khabar बुधबार, आषाढ २०, २०७५

काठमाडौं ,२० असार। नेपाली कांग्रेसले डा. गोविन्द केसीको अनशनको अवलोकन गर्न तीन सांसदलाई जुम्ला पठाउने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले सांसदहरु प्रकाश रसाइली स्नेही, रंगमति शाही र दिनवन्धु श्रेष्ठलाई जुम्ला पठाउने निर्णय गरेको हो ।

उनीहरुले डा. गोविन्द केसीको अनशनमा ऐक्यवद्धता जनाउने र उनको अवस्थाबारे जानकारी लिने प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । उनीहरु बिहीबार विहान त्यसतर्फ जानेछन् ।

कांग्रेसले छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनमा रहेकी गंगामाया अधिकारीको अवस्था बुझ्न तीन सांसदलाई खटाएको छ । सांसदहरु पार्वता डिसी चौधरी, अमरेशकुमार सिंह र वेद तिमल्सिनाले दिउँसो ३ बजे गंगामायालाई भेट्ने नेता खाँडले जानकारी दिए ।

त्यस्तै कांग्रेसको बैठकले सरकारले निश्चित स्थानलाई मात्र प्रदर्शन र सभास्थल तोकेर अन्य क्षेत्रमा निषेध गरेकोमा विरोध गर्दै अविलम्ब फिर्ता लिन माग गरेको छ । त्यस्तै मूल्यवृद्धि फिर्ता लिन पनि माग गरेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ