विराटनगर १९ असार । मोरङ क्षेत्र नं. ३ १ का प्रदेश सभा सदस्य ,सांसद सुयर्माराज राईले कानेपोखरी-रङ्गेली बाटो निर्माणको बहानामा चिसाङ खोलाको मापदण्डभन्दा बाहिर रहेको स्थानमा फेरि पनि अवैध उत्खनन गर्न चलखेल बढिरहेको प्रति लक्षित गर्दै उक्त स्थानमा उत्खनन गर्न खोजे स्थानीय जनताले रगत बगाउन तयार रहेको र त्यसको नेतृत्व आफुले गर्ने बताउनुभएको छ।
कानेपोखरी रंगेली सडक निर्माणको नाममा यसअघि पनि उत्खनन् भएको तर उत्खनन गरेर निकालिएको सामाग्री क्रसर ब्यवसायी भिम पौडेलले भारत लगेर बेचेको दावा गर्दै पुन सडक निर्माणका नाममा खोला दोहन गर्न दिए अब प्राकृतिक स्रोतको अवैध उत्खनन र दोहनको अभियानलाई उत्कर्षमा पुर्याउने गरि निर्णायक लडाइँ लड्ने साङ्सद राईले बताउनुभयो।यसअघि जिससले लगाएको खोला ठेक्काको पुर्ण तथ्यांक सार्वजनिक गर्नुपर्ने तथा क्रसर व्यसायीहरुबाट हुँदै आएको अवैध र अनियन्त्रित उत्खननबारे सङ्सदिय छानबिनको माग राख्दै राईले भन्नुभयो- “अब हेर्नुछ सरकार तस्कर – माफियाको संरक्षणमा लाग्छ कि देश, जनता र जनताको प्रतिनिधिले उठाएको आवाजलाई स्थापित गर्न लाग्छ रु ” सरकारको असली रुप जे हो त्यो अब तीन करोड जनताले चाडै देख्न पाउने राईले बताउनुभयो। कानेपोखरी रंगेली सडकको निर्माण ठेक्का ब्यवसायी टेन्डी शेर्पाले पाएका छ्न।ठेकेदार शेर्पाले सो सडक निर्माणकार्यका लागि आवश्यक पर्ने ढुङ्गा, गिट्टी र बालुवालगायतको सामग्री ढुवानी गर्न पेटि ठेक्काको रुपमा पौडेललाई जिम्मा लगाएका छन। सो अनुरुप बैशाखतिर नै हाल पहिलो चरणको ६ किलोमीटर सडकखण्डलाई सबवेस भर्न चाहिने आवश्यक गिट्टी बालुवा उत्खनन गर्न ठेकेदार शेर्पाले पौडेललाई कुपन ९अनुमतिपत्र ०उपलब्ध गराएको स्रोत बताउँछ ।तर पौडेलले सो कुपनको दुरुपयोग गर्दै उत्खनन गरेको सामाग्री भारत लगेर बेचेको स्थानीयको आरोप छ।सो कुराको थप पुष्टि गर्दै साङ्सद राईले आफुसम्म यसको सुचना त्यतिबेला नै आएको र सम्बन्धित निकायमा यसबारे कुरा उठाएको बताउनुभयो । “तर यस्तो डरलाग्दो संजाल रहेछ कि म यता सदन, सडक र सरोकारवालासंग आवाज उठाइरहेको छु।उता अवैध उत्खनन चलिरहेकै छ।
कतिसम्म भने एकथरी जनप्रतिनिधिहरु नै खुलेआम खन्न पाउनुपर्छ भन्दै वकालत गर्दै हिडे।” राष्ट्रिय महत्त्वको आयोजना भएको र आफ्नै निर्वाचन क्षेत्रभित्रको पनि भएकाले जतिसक्दो चाडो र सहजरुपले बाटो निर्माण कार्य सम्पन्न होस भन्नेतर्फ आफू सचेत रहेको बताउदै राईले भन्नुभयो – ‘तर बाटोको नाममा सामग्री उठाउदै भारत लगेर बेच्ने तस्करी र तस्करविरुद्ध लागिरहने छु ।’कानेपोखरी( रङ्गेली सडक खण्डको कुल लम्बाइ २५ किलोमीटर छ। स्रोतअनुसार प्रथम खण्ड ६ किलोमीटर बाटोमा यहि असार महिनाभित्र सबवेस गरिसक्नुपर्ने छ।सम्झौताअनुरूप ठेकेदार शेर्पाले पौडेललाई माल उपलब्ध गराउन दबाब दिएका छन।व्यवसायी पौडेल भने उल्टै शेर्पालाई ‘ब्ल्याकमेलिङ ‘गरिरहेका छन ।अब पुनः प्रदेश सरकारबाट भए नि अनुमतिपत्र लिएर चिसाङ खन्ने र त्यहिबाट सामग्री उपलब्ध गराइदिने नत्र आफू जिम्मेवारबाट पन्छिने भन्दै आएको स्रोत बताउँछ ।यसैक्रममा पटकपटक व्यवसायी पौडेल र ठेकेदार शेर्पाले मुख्यमन्त्रीलाई भेट गरेको सूचना बाहिरिएको छ।भेटको मध्यस्थताकर्ता भने मोरङ १९२० का साङ्सद उपेन्द्रप्रसाद घिमिरे रहेका छन।भेटमा मुख्यमन्त्रीले के भने भन्ने कुरा रहस्यको गर्भमै छ तर पौडेलले केहिदिनमा माल उठाउने अनुमती आफुले पाएको आफ्ना निकटलाई बताएको स्रोतले जानकारी दियो।अवरोध भए प्रहरी तैनाथ गरि उत्खनन गर्नेसमेतको कुरा पौडेलले गरेको स्रोत बताउँछ ।प्रहरी त के आर्मीको चौघेरा लाएपनि अभियानबाट आफू पछि नहट्ने साङ्सद राईले अठोट जनाए।राईले भने – “तथ्य र तथ्यांकको खोजी गरि सोको सार्वजनिककरण गर्नुपर्ने तथा दोहनविरुद्दको मुद्दाले तार्किक निष्कर्ष नपाएसम्म मुख्यमन्त्री त के स्वयं प्रधानमन्त्रीको अनुमति लिएर आएपनि कुनै फरक पर्दैन।” पौडेलले खोला खनेरै छाडने नियत राखेको उसको शक्तिकेन्द्र धाउने तथा विभिन्न शक्तिशाली मानिसको प्रयोग नीतिलाई हेरेर सहज अनुमान लगाउन सकिन्छ।कतिसम्म भने अवैध खोला दोहनको विरुद्धमा विज्ञप्ति जारी गरेर आफुलाई अभियन्ताका रुपमा उभ्याएका साङसद घिमिरे नै पौडेल र मुख्यमन्त्री भेटका संवाहक नै बने।उता जिसस मोरङका नरेश पोखरेलले त विभिन्न सार्वजनिक कार्यक्रममा नै खुला वकालत गर्दै हिडे।त्यसरी नै कानेपोखरी गा।पा। अध्यक्ष ताराबहादुर काफ्ले र रङ्गेली न। पा। को मेयर दिलीप धाडेवाल उत्खनन गर्न दिनुपर्ने लबिङ गर्न प्रदेश गृहमन्त्रीकोमा पुगेको समाचार स्रोत बताउँछ ।नेकपाका शिवकुमार मण्डल र नेकाका अमृत अर्यालसमेत यसको लबिङमा लागेको उच्च स्रोत बताउँछ । एउटै प्रयोजनको लागि र निर्माण कार्यको बहानामा हुने तस्करीविरुद्ध आफुले आवाज उठाउदा जिल्ला समन्वय समिति मोरङ्गका संयोजक नरेश पोखरेलले कानेपोखरीमा भएको सरसफाई सम्बन्धि कार्यक्रममा आफुलाई बिकास बिरोधी भनेर चरित्रहत्या गरेको सांसद राईले बताउनुभयो। उहाँले संयोजक पोखरेल व्यवसायी पौडेलसँग मिलेर गलत काम छोप्न र उनलाई कारवाहीबाट बचाउन लागि परेको समेत दावी गर्नुभएको छ।उहाले “आफु देश र जनतामारा कामको विरुद्ध लागेको र आफ्नो देशको सामग्री आफ्नै देशको विकास निर्माण कार्यमा सदुपयोग होस भन्ने हेतुले अघि बढेको बताउदै विधि, नीति र कानुनको जगमा प्राकृतिक स्रोतको उपयोग गरिनुपर्ने” तर्क अघि सार्नुभयो। तर आफुले अत्यन्तै महत्त्वपूर्ण आवाज उठाउदै गर्दा तस्कर र तस्करका मतियारहरुले विकासविरोधी भनेर जनमानसमा प्रचार गर्नेगरेको साङ्सद राईले भन्नुभयो ।कानेपोखरीमा सरसफाइसम्बन्धि भएको कार्यक्रममा जिसस संयोजक पोखरेलले विकासविरोधी भनेर लगाएको आरोप त्यसैको एउटा उदाहरण हो।त्यो ‘यहादेखि त्यहासम्म’ अर्थात ‘कानेपोखरी गा.पा. देखि जिसससम्म’ का तस्करका मतियारहरुको ग्राण्ड डिजाइन भएको राईले ठोकुवा गर्नुभयो।प्राकृतिक स्रोत दोहनको मुद्दालाई अब अन्तर्राष्ट्रियकरण गर्नतिर आफू अग्रसर भएको जानकारी गराउदै साङ्सद राईले यस बिषयमा मुख्यमन्त्रीलाई भेटेर आफ्नो धारणा प्रस्तुत गर्ने बताए।तर फेरि जोरजुलम गरेर उत्खनन गर्न अग्रसर भए वा सरकारले प्रश्रय दिए अमान्य हुने र त्यसले निम्त्याउने परिणामको जिम्मा सरकारले लिनुपर्ने राईको जिकिर छ।