किशोरी शिक्षा सम्वन्धी तालिम सुरु

Letang Khabar मंगलबार, आषाढ १९, २०७५

प्रशान्त निरौला

लेटाङ १९ असार ।  किशोरी शिक्षा सम्वन्धी ३ दिने तालिम लेटाङ नगरपालिका ३ मा सुरु भएको छ । लेटाङ नगरपालिकाको सहयोग तथा प्रगती महिला समुहको आयोजनामा भईरहेको कार्यक्रमको आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्धघाटन गरे ।
“सुनौलो भविष्य निर्माणका लागि किशोरी शिक्षा , आजको आवश्यकता” भन्ने नारा सहित सुरु भएको तालिमको उद्धघाटन सत्रमा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले प्रमुख अतिथीको मन्तव्य ब्यक्त गर्दै शारिरिक रुपमा परिवर्तनको अवस्थामा विभिन्न समस्या आउन सक्ने र यो शिक्षाले उनिहरुलाई समस्या समाधानका निम्ति सहज हुने विश्वास व्यक्त गरे । उनले शिक्षा विनाको मानिसले समाजमा पछि पर्नु पर्ने भएकाले सवैले नैतिक , व्यवहारिक शिक्षा लिन आवश्यक रहेको वताए । किशोरअवस्थामा आउने परिवर्तन सम्वन्धी ज्ञानले किशोरअवस्थाका मानिसलाई जीवन व्यथित गर्न सहज हुने भएकाले यो किशोरी शिक्षा व्यवहारिक भएको वताए ।
राजारानी सामुदयिक वनको सभाहलमा भएको कार्यक्रम १९ गते देखि २१ गते सम्म चल्नेछ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ