उर्लाबारी,१३ असार ।औषत मानिसको भन्दा फरक ढङ्गले आफूलाई प्रस्तुत गर्दै आउनु भएका मोरङ उर्लाबारी ५ झुम्राका यज्ञबहादुर कट्वाल सँग एउटा अदभूत क्षमता छ । उहाँ आफ्नो जिब्रोले सजिलै निधार छुन सक्नु हुन्छ ।
सामान्यतया मानिसले आफ्नो जिब्रोलाई नाक सम्म छुवाउन सक्छन् तर कट्वाल जिब्रोलाई जिलै नाक सम्म पु¥याउन सक्नुहुन्छ ।
उहाँको नाकको डाडो सामान्य मानिसको भन्दा भिन्न रहेको छ । एकदमै सानो उहाँको नाकबाट किराहरु निस्केको उहाँले सुनाउनु भयो । सानैदेखि नाक सानो छ तर पनि केहि समस्या नभएको छैन्। केहि समय यता नाकबाट किरा निस्कन थालेको बताउँदै यज्ञबहादुरले भन्नुभयो –अहिले नोवेल अस्पतालमा उपचार गराइ रहेको छु । उपचाररत कट्वाल भन्नुहुन्छ – आर्थिक अवस्था नाजुक भएकोले समयमा उपचार गर्न सकिन ।उपचार पछि किरा निस्किने समस्या क्रमस हल हुँदै गएको उहाँले सुनाउनु भयो ।
अझ रोचक कुरा के छ भने उहाँको टाउको औषत मानिसको भन्दा साह्रो छ । उहाँको मुखमा एउटा मात्र दाँत छ । गाउँमा ईकु नामले परिचित ३० वर्षीय कट्वालले फिल्ममा अभिनय गर्ने अफर पनि आएको बताउनु भयो । उहाँले आफुभित्र रहेको अदभूत कला फिल्म मार्फत आम दर्शक माझ पु¥याउँने ईच्छा भएको बताउनु भयो । ३० वर्ष पुगिसकेका कट्वालको अझै बिहे हुन सकेको छैन ।