विराटनगरको वजेट ४ अर्व ४७ करोड

Letang Khabar मंगलबार, आषाढ १२, २०७५

विराटनगर, १२ असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५र०७६ का लागि ४ अर्व ४७ करोडको वजेट प्रस्तुत गरेको छ । वजेटले भौतिक पूर्वाधार विकासलाई बढी प्राथमिकता दिएको छ ।

प्रस्तुत बजेटको ७२ दशमलव ७१ प्रतिशत वजेट भौतिक पूर्वाधारका लागि छुट्याईएको छ । सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपंक्षि कार्यक्रमका लागि १३ दशमलव ९६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

दोश्रो नगरसभा बैठकमा आगामी आर्थिक वर्षका लागि महानगरपालिका तर्फ २ अर्व ५२ करोड ८३ लाख ४९ हजार र मझौला शहर एकिकृत बहरी वातावरणीय सुधार परियोजना तर्फ १ अर्व ९४ करोड २५ लाख गरि ४ अर्व ४७ करोड ८ लाख ४९ हजारको बजेट महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रस्तुत गर्नु भएको हो ।

प्रस्तुत गरिएको अनुमानित रकम मध्ये महानगरपालिकाको आन्तरिक श्रोतबाट ५४ करोड ३ लाख, राजश्व बाँढफाँडबाट ३७ करोड ५ लाख ४ हजार, संघिय र प्रदेश सरकार वित्तिय समानिकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार रुपैयाँ रहेको महानगर प्रमुख पराजुलीले बताउनुभयो ।

संघिय सरकार शशर्त अनुदान विषयगत कार्यालय तर्फ ४४ करोड ९६ लाख, संघिय सरकार समपुरक र विशेष अनुदान १० करोड, संघिय सरकार शशर्त अनुदान ३६ करोड १५ लाख , वैदेशिक र अन्य संघ संस्था अनुदान ४ करोड ४६ लाख ५० हजार, जनसहभागिताबाट ३ करोड ५० लाख नगर विकास कोष ऋण सहयोग १ करोड ८० लाख र नगरपालिका मौज्दात ७ करोड समेत गरि २ अर्व ५२ करोड ८३ लाख ४९ हजार आय हुने अनुमान गरिएको प्रमुख पराजुलीले बताउनुभयो ।

आर्थिक वर्ष २०७५र०७६ मा विनियोजित कुल खर्च मध्ये नगरपालिकाको चालु खर्चका लागि ३३ करोड ६८ लाख ५२ हजार विनियोजन गरिएको छ । जुन रकम कूल अनुमानको ७ दशमलव ५३ प्रतिशत हुन आउँछ ।

संघिय सरकार सामाजिक सुरक्षा भत्ता २० करोड, भौतिक पूर्वाधार निर्माणका लागि ३ अर्व २५ करोड ३ लाख विनियोजन गरिएको छ ।

महानगरपालिकाले प्रस्तुत गरेको नीतिले सुशासन, लैगिकमैत्री एवं सामाजिक समावेशीता, शिक्षा, स्वास्थ्य, कृिष, वातावरणमैत्री, विपद् व्यवस्थापन र गरिवी निवारणलाई प्रमुख आधार बनाएको प्रमुख पराजुलीले बताउनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ