ताप्लेजुङ, जेष्ठ ३१ गते। ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाले आफ्नै पतिको हत्या गरी फरार भएकी छन।
फक्तालुङ गाउँपालिका ६ की अन्दाजी २३ वर्षीया शर्मिला लिम्बुले घाँटीमा धारिलो हतियारले प्रहार गरी आफ्नै पति वर्ष २४ का दुर्गा लिम्बुको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।
यता सुनसरी बराह नगरपालिका १ स्थित सुनसरी मोरङ सिचाई आयोजनाको नहरमा एक पुरुषको शव फेला परेको छ।
नहर किनारमा स्थानीयले अन्दाजी २५।३० वर्षका पुरुष मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको नामथर, वतन खुल्न सकेको छैन।
घट्नाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।