भुपुटोलमा सरसफाई

Letang Khabar बिहिबार, जेठ २४, २०७५

प्रशान्त निरौला
लेटाङ २४ । लेटाङ ८ भुपुटोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । लेटाङ ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको अगुवाईमा टेक्राहापैनी उत्तर नोवेल वोर्डिङ दक्षिणका सडकछेउछाउमा रहेका फोहोरहरुलाई व्यवस्थापन गरिएको हो । सरसफाई अभियानमा लेटाङ नगरपालिका ८ का वडा सदस्य नविन लिम्बु , मुना सार्की , शान्ता राईको समेत सहभागिता थियो स्थानिय वासीको वाक्लो सहभागिता रहेको थियो ।
स्वस्थ्य , प्रतिष्ठा र विकासका लागि सरसफाई भन्ने मुल नारा सहित आयोजना गरिएको तालिममा घरआँगन, चुलो , जुठेल्नो शौचालय लगायतका ठाँउहरुलाई सदैव स्वच्छ राख्नुपर्ने लेटाङ नगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो वताए । स्वास्थ्य मानिसले मात्र समाजमा उल्लेख्य योगदान दिन सक्ने वताउदै अध्यक्ष पोख्रेलले व्यक्तिगत सरसफाई देखि लिएर वातावरणलाई नै सफा राख्नका लागि सवैलाई सचेत गराए । यहि आर्थिक वर्षमा लेटाङ ८ लाई विश्वसामु जोडनका लागि निशुल्क वाईफाईको व्यवस्थ गर्न लागेको समेत वताए ।
कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष सविन निरौलाको सभापतित्वमा भएको कार्यक्रममा वडा सचिव रुद्र विश्वकर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ