Menus
संघियतामा शिक्षा: अवशर र चुनौती विषयक छलफल सम्पन्न

Letang Khabar सोमबार, जेठ १४, २०७५

प्रशान्त निरौला
विराटनगर १४ जेष्ठ । संघियतामा शिक्षा अवशर र चुनौती विषयक छलफल कार्यक्रमको आतिथ्यता ग्रहण गर्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले विकट क्षेत्रमा रहेका विद्यालयहरुमा विद्यार्थीलाई पुग्न ४ घण्टा वढी समय लाग्ने र विद्यार्थीहरुले विद्यालय छाड्ने अवस्था आएकोले आवास सहितको व्यवस्था गरी विद्यालय मर्ज गर्नु आवश्यक रहेको वताएका छन् ।
शिक्षा सम्वन्धी निति नियम वनाउने पुर्ण अधिकार समेत नभएकाले विद्यालयका समग्र हितका निम्ति राष्टिय स्तरमा नै समान खाले निति वनाउन आवश्यक रहेको लेटाङ नगर प्रमुख राईले वताए । दुर्गम स्थलमा शिक्षकहरु जान नमान्ने भएकाले विशेष व्यवस्था सहित शिक्षकहरुलाई दुर्गम स्थलमा पनि लानुपर्नेमा जोड दिए ।आज विराटनगरमा भएको कार्यक्रममा मेयर राईले यस्तो वताएका हुन् ।
एजुकेशन हेल्पलाईन नेपालको आयोजनामा स्थानिय सरकार , प्रदेश र प्रतिनिधी सभाका सांसद सहितहरुको उपस्थितीमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा. हरी लम्सालद्धारा संघिय संरचनामा शिक्षामा श्रोत व्यवस्थापन एवं वित्त , स्थानिय तह पुर्नसंरचना आयोगका पुर्व अध्यक्ष श्री वालानन्द पौडेलद्धारा विद्यालय तथा सुशासनमा स्थानिय एवं प्रादेशिक सरकारको भुमिका तथा वरिष्ठ शिक्षाविद प्रा. डा. मनप्रसाद वाग्लेद्धारा संघिय संरचनामा शिक्षाको अवसर तथा चुनौतीहरु वारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला

9842145045/9805397055

email : letangkhabar@gmail.com

email: prashantniroula745@gmail.com

http://www.letangkhabar.com

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ