Menus
मोदीको भ्रमणले वाम एकतामा खटपट

Letang Khabar सोमबार, बैशाख ३१, २०७५

फाइल तस्वीर

काठमाडाैँ / पार्टी एकताको नजिक रहेका एमाले र माओवादी केन्द्रबीच फेरि खटपट सुरु भएको छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर माओवादी सशंकित देखिएको छ ।

आगामी बजेट, सचिवहरुको सरुवा, राष्ट्रिय अनुसन्धान विभाग आफू मातहत ल्याउने प्रधानमन्त्रीको निर्णय लगायतका विषयमा प्रम ओली एकलौटी ढंगले अघि वढिरहेको भन्दै माओवादीले असन्तुष्टि जनाएको हो।

पार्टी एकतानजिक रहेको र संयुक्त सरकार रहेकाले कतिपय महत्वपूर्ण विषयमा छलफल हुनुपर्ने भएपनि एमालले छलफल नगरेको भन्दै माओवादी नेताहरुले असन्तुष्टि जनाएका छन्।

माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बजेट निर्माण प्रक्रिया र श्वेतपत्र जारी हुँदा आफूहरुसँग कुनै छलफल नै नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।

त्यस्तै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा गरेको अरुण तेश्रो जलविद्युत् आयोजनाको शिलान्यासप्रति पनि माओवादी रुष्ट देखिएको छ।

आफ्ना विभागिय मन्त्रीहरुलाई थाहै नदिई ओली र मोदीले आयोजनाको शिलान्यास गरेपछि माओवादी ओलीप्रति रुष्ट देखिएको हो।

उर्जा तथा जलश्रोत मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र अन्य अधिकारीलाई बोलाईए पनि शिलान्यास कार्यक्रममा उर्जामन्त्री वर्षमान पुनलाई नबोलाइएको माओवादीले जनाएको छ। आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला

9842145045/9805397055

email : letangkhabar@gmail.com

email: prashantniroula745@gmail.com

http://www.letangkhabar.com

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ