मनसुनी गतिविधि सक्रियः अझै एकदुई दिन बदली र वर्षा

Letang Khabar बिहिबार, बैशाख २०, २०७५

काठमाडौँ, २० वैशाख । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ ।

प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको छ ।

विगत चार÷पाँच दिनदेखि प्री–मनसुनी गतिवविध सक्रिय रहेको तथा स्थानीय वायुसँगै बाहिरी मौसमी प्रणालीको पनि प्रभावले बदली र वर्षा गराएको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । “अहिले भइरहेको मौसमी गतिविधि स्थानीय वायुसँगै बाहिरी (वायु) मौसमी प्राणलीको पनि प्रभाव रहेको छ । पूर्वी र मध्य क्षेत्रमा बंगालको खाडीको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावका साथै स्थानीय रुपमा न्यून चापीय प्रणालीको विकासले एक हप्तादेखि मौसमी गतिविधि बढेको हो, यो अझै एक÷दुई दिन जारी रहन्छ,” उहाँले भन्नुभयो ।

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । आज सबैभन्दा बढी भैरहवामा ६५, वीरेन्द्रनगरमा ३१, ओखलढुंगामा २०, दीपायलमा १७, ताप्लेजुङ र दाङमा समान ११ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा सबैभन्दा कम एक मिलिमिटर वर्षा भएको छ । अहिले पनि अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षा भइरहेको माहाखाले जनाएको छ ।

मौसमविद्का अनुसार सामान्यतः प्री मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म मानिन्छ । कहिलेकाहीँ यो तलमाथि पनि हुनसक्छ । प्रीः मनसुन –मार्च, अप्रिल र मेलाई मानिन्छ । अक्टोबर र नोभेम्बरलाई पोष्ट मनसुन तथा डिसेम्बर, जनवरी र फेब्रुअरी विन्टर सिजन यसरी वर्षमा चार सिजन बाँडिएको हुन्छ ।

प्रीःमनुसनको समयमा दिउँसो घाम लाग्ने साँझपख र राति हावाहुरी, चट्याङसहित वर्षा हुने गर्छ । खासगरी यसको प्रभाव पहाडी क्षेत्रमा बढी पर्छ । यसलाई सहयोग गर्न बंगालको खाडीको जलवास्पयुक्त हावा देशको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने र कहिलेकाहीँ पश्चिमी वायुको प्रभावले गर्दा विमान वा दिउँसोपख बदली र वर्षा गराउने हुन्छ ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २७ र न्यूनतम १६ डिग्री सेल्सियस रहेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ