लेटाङ, १५ माघ । लेटाङ नगरपालिका वडा नं. ३ को कार्यालयले बजार क्षेत्रलाई सफा राख्न महत्त्वपूर्ण कदम चालेको छ। वडाले १०७ थान डस्टबिन वितरण गरी प्रत्येक घरको अगाडि राख्ने व्यवस्था गरेको हो।
यो कार्यक्रम वडा अध्यक्ष डम्बर बहादुर राईको नेतृत्वमा सम्पन्न भयो। कार्यक्रममा वडा सदस्यहरु अमिता राई, शरण कुमारी बिक, राम प्रसाद अधिकारी, नरेन्द्र पराजुली तथा वडाका कर्मचारी र स्थानिय समाजसेविहरुको सक्रिय सहभागिता रहेको थियो।
डस्टबिन वितरण अभियानले बजार क्षेत्रलाई फोहोरमुक्त बनाउन तथा सरसफाईमा सुधार ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। स्थानीयवासीले फोहोर उचित स्थानमा व्यवस्थापन गर्न प्रेरित गराउँदै यसले समुदायमा स्वच्छ र स्वस्थ वातावरण सिर्जना गर्ने बिश्वास लिईएको छ ।