गणेश प्रसाईंको ‘अजम्बरी’ मा आकाश र गरिमा (भिडियो )

News बुधबार, साउन ०२, २०८१

काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटी लाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन् ।’अजम्बरी’नाम दिइएको उक्त गीतमा गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाइको स्वर रहेको छ । नबराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाइ प्रहिल कार्कीको निर्देशन गरेका हुन् । केहि दिनअघि नेपाल आएको बेला उनले अहिलेका चर्चित मोडेलहरु आकाश श्रेष्ठ र गरिमा शर्मा राखेर भिडियोको छायांकन गरेका थिए। गीतको भिडियोमा एउटा विवाहित जोडीले २५ बर्षे बैबाहिक जीवन सम्म आइपुग्न माया प्रेमको लागि गरिएको त्यागलाइ देखाइएको छ ।
बुद्ध थापाको सिनेमाटोग्राफी र माधव बेल्बासेको सम्पादन रहेको ‘अजम्बरी’ गीतको भिडियो लाइ गायक तुलसी सिवाकोटी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ