बाल विवाह विरुद्ध झोराहाटमा सडक नाटक

News बिहिबार, आषाढ १४, २०८१

विराटनगर असार १० ÷ मोरङको झोराहाट नाट्य समूहसँगको आयोजना तथा ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा सडक नाटक प्रर्दशन गरिएको छ ।
नाट्य समूहका कलाकारहरुले मोरङको झोराहाटका विभिन्न ३ स्थानमा नाटक प्रर्दशन गरेका छन् । झोराहाट ,तेतरिया र नेता चोकमा नाटक प्रदर्शन गरिएको थियो । नाटकमा बालविवाहले समाजमा पार्न सक्ने प्रभाव र मानव जिवनमा बाल विवाहको कारणबाट आइपर्ने विभिन्न जोखिमका विषयमा जानकारी गराईएको थियो । कलाकार भरत गुरागाईंको लेखन तथा निर्देशन रहेको नाटकमा बाल विवाह र पोषणका विषयमा नाटक तयार गरिएको छ । गाउँपालिका भित्र बाल विवाह र पोषणका विषयमा जानकारी दिनको लागी कार्यक्रम गरिएको झोराहाट नाट्य समुहले बताएको छ । ग्रामिण श्रेत्रका जनतामाझमा सचेतनाका लागी कार्यक्रम गर्न आफनो पालिका सदैव लागी परेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद भटट्राईले बताउनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ