लेटाङ, १७ फागुन । लेटाङ साकोसको आयोजना तथा साना किसान बिकास लघुबित्त संस्था लिमिटेड इटहरी शाखाको प्राबिधिक सहयोगमा लेटाङ क्याम्पस लेटाङ ५ मा १ दिने आर्थिक संचेतना तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
लेटाङ क्याम्पसका अध्यक्ष ज्ञानेन्द्र ढकालको प्रमुख आतिथ्यतााम भएको कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल वाराकोटीले अध्यक्षता ग्रहण गर्नुभएको थियो । कार्यक्रमलाई लेटाङ साकोसका लेखा सदस्य राजु गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा लेटाङ साकोसको परिचय गरिनुका साथै संस्थाका गतिविधिका विषयमा समेत चर्चा भएको थियो । संस्थाले दिईरहेको सेवा सुविधाका वारेमा समेत जानकारी गराईएको थियो ।