बिराटनगर , २४ फागुन ।अन्तराष्ट्रीय महिला दिवशको अवशरमा एनसिई मोरङले प्रभातफेरी कार्यक्रम गरेको छ ।
आज कोशी प्रदेशको राजधानी बिराटनगरमा आयोजना गरिएको कार्यक्रममा एनसिई मोरङ शाखाले सामाजिक बिकास मन्त्रालय सङ सहकार्य गरि प्रभात फेरि कार्यक्रम गरि अन्तरास्ट्रिय नारी दिवश मनाएको मोरङ शाखा अध्यक्ष बिनोद भन्डारीले जानकारी दिनुभयो । कार्यक्रममा महिलाहरुलाई टेक्नोलोजीमा पहुँच बढाउनुपर्नेमा जोड गरिएको भन्डारीले बताउनुभयो ।
कार्यक्रम लाई मोरङ विभिन्न संघ सस्थाले समेत एक्यवद्धता जनाउदै सहभागिता जनाएका थिए । एनजिओ फेडेरेसन मोरङ , प्रमोटिभ नेपाल लगायत दर्जन बढी संघ संस्थाले कार्यक्रममा भाग लिएका थिए ।
प्रभातफेरीले बिराटनगर महानगरको मुख्य मुख्य क्षेत्र परिक्रमा गरेको थियो ।