दुई नंबरी इटा प्रयोगका बिसयमा समाचार लेखेको भन्दै एमाले कार्यकर्ता द्वारा लेटाङ खबर लाई कारबाहिको माग

प्रशान्त निराैला बिहिबार, आषाढ ०९, २०७९

लेटाङ ९ असार । एमालेका केही कार्यकर्ताले २ नंबरी ईटा प्रयोग गरिएको बिसयमा बनाईएको समाचार प्रती आपत्ती जनाउन थालेका छ्न ।
लेटाङ ५ मा निर्माण भइरहेको १० शैयाको नगर अस्पतालमा दुई नंबरी ईटा प्रयोग गरिए पछि लेटाङ खबरले समाचार प्रकाशन गरेको थियो ।
समाचार आईसकेपश्चात २ नंबरी ईटा प्रयोग गरेर अस्पताल निर्माणको कार्य स्थगित गरि छेउमा राखिएको बाकिँ रहेका इटालाई भवन निर्माण स्थलको पछाडी सारिएको छ भने भवनमा प्रयोग गरिएको इटा अलिकती भत्काए जस्तो गरिएको छ अरु भने जस्ताको त्यस्तै छ ।

लेटाङ नगरपालिका योजना शाखा प्रमुख भुपेन्द्र खनालले ठेकेदार कम्पनिलाई दुई नंबरी इटा प्रयोग नगर्न र गरेको भए पनि भत्काएर अर्को बनाउन निर्देशन गरिसकेको बताउनुहुन्छ ।
यता एमालेका कार्यकर्ता रुपेश खड्का , राजेश ढकाल लगायतले आफैले निर्माण गरिरहेको जसरी ठेकेदार कम्पनिले दिनुपर्ने स्पस्टिकरण धम्किपुर्ण भाषामा अभिब्यक्ती सामाजिक संजालमा राखिरहेका छन ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ