पचास रुपैयाले घट्यो खानेपानीको मासिक शुल्क

Letang Khabar मंगलबार, पौष २७, २०७८

लेटाङ, २७ पुस । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लेटाङ ३ ले मासिक शुल्क घटाउने निर्णय गरेको छ । न्युनतम तीन सय रुपैया शुल्क लिदै आएको संस्थाले न्युनतम शुल्क पचास रुपैया घटाएर दुईसय पचास रुपैया बनाएको हो । २२ औ साधारण सभाले पारित गरेपछि लागु गरेपछि उक्त शुल्क लागु हुनेछ ।

संस्थाले आज जनसेवा सामुदायिक बनको सभाहलमा गरेको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी राईले कार्यक्रमलाई सम्बोधन गर्दै गाग्रीमा खोला खोल्सा बाट बोकेर खानेपानी खानुपर्ने लेटाङ बासीको बाध्यता आफु खानेपानीको अध्यक्ष हुँदा सानासहरी आयोजना ल्याएपछी हटाउन सफल भएको बताउनुभयो । उहाँले स्वस्च्छ खानेपानी खुवाउन खानेपानी संस्था सक्षम भएको बताउदै खानेपानीलाई मजबुद बनाउन सवै लागि पर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोरोनाका कारण लेटाङबासीको आर्थीक अवस्था खस्केको भन्दै खानेपानीको मासिक शुल्क घटाउन सल्लाह दिनुभयो । नगरप्रमुख राईको पहलमा उपभोक्ता बाट माशिक शुल्क घटाएर लेटाङ नगरपालिकाले खानेपानी संस्थालाई बार्षीक पच्चीस लाख रुपैया आर्थिक सहयोग गर्ने सम्झौता गरिएको जानकारी दिनुभयो । उहाँले नगरपालिकाको उक्त सहयोगले उपभोक्ताहरुलाई आर्थिक बोझ कम हुने र खानेपानी संस्था समेत अप्ठ्यारोमा नपर्ने बताउनुभयो । कोरोनाको कहरले दयनीय भएको खानेपानीलाई सजिलो बनाउन नगरपालिका सधै सकारात्मक रहेको वताउनुभयो ।

कार्यक्रमकी विशिष्ट अतिथी लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ खानेपानीले स्वस्च्छ खानेपानी खुवाउन सकेकोमा धन्यवाद दिनुभयो । उहाँले लेटाङ नगरपालिकाले विगत देखिनै खानेपानीलाई सहयोग गर्दै आएको सहयोग निरन्तर रहने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी संघिय खानेपानी तथा ढल ब्यवस्थापन विभाग विराटनगरका प्रमुख चोक प्रसाद धितालले स्वस्च्छ खानेपानीका लागि उपभोक्ताहरुले न्युनतम रकम तिर्न हिचकिचाउन नहुने बताउनुभयो । उहाँले टिडिएफको ऋण चाडो तिरेर संस्थाको भार कम गर्न आग्रह गर्नुभयो । उहाँले शुल्क घटाएपछी संस्थालाई झन वोझ परेर संस्था धरासयी बन्ने भन्दै ३ सय रुपैया खानेपानी प्रयोग गरे वापत तिर्नपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई वडा नं. ३ का अध्यक्ष देवराज चाम्लिङ, विभिन्न पार्टीका प्रतिनीधीहरुले शुभकामना दिनुभयो ।संस्थाले चार करोड साठी लाख उनन्चालिस हजार पाँच सय पच्चिस रुपैयाको आयब्यव प्रस्तुत गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष सुर्यबहादुर गिनेल मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ