उमेरले छेकेन लेटाङका गहना लिम्बुलाई डिग्रि पास गर्न

Letang Khabar बुधबार, पौष ०७, २०७८

लेटाङ, ७ पुस । संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस मोरङका जिल्ला सभापती डिगबहादुर लिम्बुले स्नातकोत्तर उतिर्ण गरेपछी त्रिभुवन बिश्वबिद्धालयले दिक्षित गरेको छ ।

मंगलबार त्रिभुवन बिश्वबिद्धालयको ४७ औ दिक्षान्त समारोहमा लेटाङ ६ स्थायी घर रहनुभएका लिम्बु दिक्षित हुनुभएको हो ।

लिम्बुले ५० बर्ष पार गरेपछी पुन औपचारिक अध्ययन सुरु गर्नुभएको थियो । पढ्नलाई उमेरले छेक्दैन भन्ने अठोटका साथ लिम्बुले कक्षा ११ देखि अध्ययन सुरु गर्नुभएको हो । ११ कक्षा देखिनै निरन्तर उतिर्ण हुँदै लिम्बुले गत बर्ष मास्टर डिग्री हासिल गर्नुभएको हो ।

एसएलसी उतिर्ण गरेपछी लिम्बुले लेटाङकै शान्तिभगवती माबिमा पढाउन थाल्नु भयो । केही बर्ष पढाएपछि समाज बदल्न राजनिती मुल कुरा रहेको निश्कर्ष निकाल्दै राजनितीमा होमिनुभएका लिम्बुले अध्ययनलाई निरन्तरता दिन सक्नुभएन । पढाईको महत्व बुझे पनि परिस्थितिले कलेज जान सक्ने अवस्था रहेन । संविधान सभाको सदस्य भएपछी पढाइ बिनाको राजनिती समेत अपुर्ण हुने रहेछ भन्ने सोचेर ११ कक्षामा भर्ना हुनुभयो । काठमान्डौको वाट प्लसटु र स्नातक पूरा गर्नुभएका लिम्बुले मास्टर डिग्री भने स्नातकोत्तर कलेज बिराटनगरबाट गर्नुभएको हो ।

पढ्ने धोको अझै पूरा नभएको लिम्बुले हामी संगको कुराकानिमा बताउनुभयो । उहाँ पिएचडि गर्ने सोचमा रहनुभएको जानकारी दिनुभयो । नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिमा समेत निर्वाचित हुनुभएका लिम्बुले समाज लाई सुसस्कार , विकसित , आधुनिक बनाउन समाजका हरेक मानिसले पढ्न आवश्यक रहेको बताउनुहुन्छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ