लेटाङ, १४ माघ । सूक्ष्म योजना अध्यावधिक गोष्ठी लेटाङ नगरपालिकाले सम्पन्न गरेको छ । नगरपालिका स्तरिय पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि २ दिन सम्म गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा लेटाङ नगरपालिका भित्र काम गर्ने स्वास्थ्यकर्मिहरुको सहभागितामा कार्यक्रम भएको थियो ।
मेयर शंकर राईले बालबालिकाको खोप लगाउने अधिकार भएकोले जस्तो अवस्थामा भएपनी बालबालिकालाई खोप लगाउन जरुरी रहेको बताउनुभयो। स्वास्थ्यका चुनौतिहरु थुप्रै रहेको र चुनौतिलाई सहजै पार लगाउन स्वास्थ कर्मिको महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।
गोस्ठि समापन कार्यक्रमलाई समापन गर्दै लेटाङ नगरउपप्रमुख कृष्ण कुमारी निरौलाले नगरका कोहि पनि बालबालिका खोप लिन बाट बन्चित हुन नहुने बताउनुभयो ।
पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि गोष्ठीको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख महेन्द्र चौधरीले जानकारी दिनुभयो ।