लेटाङ, १९ भदौ । १० दिन सिल गरिएको लेटाङ नगरपालिका शनिवार विहान देखि नयाँ मोडेल सुरु भए संगै खुलेको छ ।
लेटाङ नगरपालिका वडा नं. २ मा एक परिवारका सदस्यहरुमा कोरोना भाईरस संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ तथा कोभिड नियन्त्रण गर्नुपर्ने भएसंगै नगरक्षेत्र सिल गरिएको थियो ।
माेरङका प्रमुख जिल्ला अधिकारीद्धारा जारी गरिएको निशेधाज्ञा आदेश तथा नगर स्तरिय विपद ब्यवस्थापन समितिको सल्लाहा समेतलाई मध्यनजर गरि नयाँ नियम ल्याएको हो ।
आजको निर्णय अनुसार स्वास्थ्य मापदण्डलाई ध्यान दिदै पसल ब्यवसाय संचालन गर्नुका साथै नगरभित्र जोर विजोर प्रणालीमा निजी सवारी संचालन गर्न खुल्ला गरेको हो ।