लेटाङ १६ असार । लेटाङका पाँचवटा सहकारी एकिकरण हुने भएका छन् । लेटाङ नगरपालिका वडा नम्वर २ मा संचालन रहेका एकै प्रकृतिका सहकारीहरु एकिकरण हुने भएका हुन् ।
एकिकरण हुने सहकारीहरुमा फडानी साकोस, जनचाहना साकोस, गोदावरी साकोस, खैरेनी साकोस र धोबी साकोसले एकिकरणका लागि सहमती गरेका हुन् । एकिकरण पछि संस्थाको नाम एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्था हुने सहमती पत्रमा पाँचैवटा संस्थाले हस्ताक्षर गरेका छन् ।
एकिकरणको सम्पूर्ण प्रकृया आगामी असोज मसान्त भित्र सकेर एकिकृत कारोबार गर्ने जनाएको छ । एकिकरणको समन्वय वडा कार्यालयले गरेको हो ।