लेटाङ, २१ जेठ। लेटाङ नगरपालिकाले १० जना म्यादि प्रहरी नियूक्त गरेर सुरक्षा ब्यवस्थालाई थप मजबुद वनाउन सुरु गरेकाे छ । आज छनाैट भएका ३ जना महिला तथा ७ जना पूरुषहरुलाई नियूक्तीपत्र दिदै नगरपालिका र नेपाल प्रहरीकाे निर्देशनमा बसेर जिम्मेवारी बहन गर्न भनिएकाे हाे ।
म्यादि प्रहरी १ महिनाकाे लागि नियूक्त गरिएकाे र काेराेनाकाे अवस्था संगै उनिहरुकाे जिम्मेवारी समय थपघट हुन सक्ने नगरपालिका स्राेतले वताएकाे छ ।
उनिहरुलाई आज नगरप्रमुख शंकर राई , उपप्रमुख कृष्णकुमारी निराैला , प्रमुख प्रसासकीय अधिकृत अच्युत प्र. दाहाल, ईलाका प्रहरी कार्यालय लेटाङका ईन्चार्ज अशाेक कु. जबेगु लगायतले निर्देशनात्मक रुपमा म्यादि प्रहरीकाे काम कर्तव्य र जिम्मेवारीकाे बाेध गराउनुभएकाे थियाे ।
म्यादि प्रहरीलाई भाेली देखिनै तालिका बनाएर काममा खटाईने नगरपालिकाका याेजना तथा प्रसासन शाखाका प्रमुख भुपेन्द्र खनालले जानकारी दिनुभयाे ।
काेराेनाकाे जाेखिम न्युनिकरण गर्नका लागि आवश्यक सुरक्षा प्रवन्ध गर्न नेपाल प्रहरीकाे जनशक्ति लेटाङमा अपूग भएकाे भन्दै म्यादि प्रहरीकाे लागि लेटाङ नगरपालिकाले दरखास्त आह्वान गरेकाे थियाे ।