ब्लड क्यान्सर पीडित बालकलाई बचाउन अभियान

Letang Khabar मंगलबार, बैशाख ११, २०७५

इलाम, ११ वैशाख । इलाम नगरपालिका–४ बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरेलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन् । 

एक महिनादेखि ब्लड क्यान्सर पीडित बालक घिमिरेलाई उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका हुन् । एक महिनाअघि सामान्य बिरामी भएपछि उनलाई झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा ब्लड क्यान्सरबाट पीडित बनेको पत्ता लागेको हो । ऋतिकको उपचारका लागि सहयोग जुटाउन ‘ऋतिक बचाउ समिति’ गठन गरिएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको र भरतपुर क्यान्सर अस्पतालले ऋतिकको उपचारका लागि रु ३० लाख लाग्ने बताएपछि समिति गठन गरी आर्थिक सहयोग संकलन समिति गठन गरिएको समितिका सचिव नारायण घिमिरेले बताउनुभयो ।

सचिव घिमिरेका अनुसार समितिले आर्थिक सहयोग संकलनका लागि प्रभु बैंक, इलाममा खाता खोली बुधबारदेखि आर्थिक सहयोग संकलन शुरु गरेको छ ।

उनको उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिले प्रभु बैंक इलामको खाता नम्बर १३२०१००१०१२६६००००००१ मा रकम जम्मा गरेर सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।  (रासस)

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ