कुमार खड्का
वैशाख १५, लेटाङ । कोरोना संक्रमण फैलने त्रासका कारण एक महिना लामो बन्दाबन्दीले काठमाडौमा फसेका एक हजार भन्दा वढी सर्वसाधरण यति वेला गृह जिल्ला मोरङ भित्रिएका छन् ।
मोरङका स्थानिय तहहरुको समन्वयमा काठमान्डौमा ज्याला मजदुरी गर्ने व्याक्ति, विद्यार्थी, कोठा भाडामा वसी व्यावसाय गर्दै आएका सर्वसाधणहरुको दैनिकी लकडाउनले दिन प्रतिदिन कष्टकर वन्दै गएपछि स्थानिय सरकार उनिहरुको उद्धारमा जुटेको हो ।
मोरङका १७ स्थानिय तहहरु मध्येमा अहिले सम्म लेटाङमा १११ जना ,पथरी शनिश्चरे नगरपालिकामा ४२२ जना, वेलवारीमा ३१५, रंगेलीमा ९४, सुनवर्षीमा ७७, सुन्दरहरैचामा ४७ र कानेपोखरी गाउपालिकामा १२०, गरि एक हजार भन्दा वढी सर्वसाधरण गृह जिल्ला भित्रि सकेका छन् भने छिटफुटरुपमा भित्रिनेको तथ्याङक कुनै पनि निकाय सग छैन । लेटाङ नगरपालिकामा ५ र ८ नंं. वडाले आफ्ना वडाका नागरिक लिन पठाएकाे बस सप्तरी जिल्लाकाे प्रशासनले फर्काईदिएपछी करिब ७० जना स्थानिय काठमान्डाैमै लेटाङ आउनलाई कुरिरहेका छन् ।
यि स्थानिय तहहरुमध्ये वेलवारी, सुन्दरहरैचा, सुनवर्षी र रंगेली नगरापलिकाले गृह नगर फर्किन चाहेका आफ्ना नागरिकको समपूर्ण खर्च पालिकाले व्यावस्थापन गरेको छ ।
अन्य पालिकाले समन्वयकारी भुमिका मात्र निर्वाह गरेका छन् । त्यसमा पनि पथरीशनिश्चरेमा आर्थीक व्यावस्थापनलाई लिएर अनौपचारिक विवाद उत्पन्न भएको देखिन्छ ।
पथरी शनिश्चरेले केही व्याक्ति काठमान्डौ पथरी मैत्रि समाजको समन्वयमा ल्याएको छ भने केही व्यक्ति स्थानिय जनप्रतिनिधि सहित केही युवाहरुको समन्वयमा आएका कारण आर्थिक व्यावस्थापनमा नगरपालिकामा समस्या देखिएको कुरा वाहिर आएको छ ।
अधिकांश आउने व्याक्तिहरुले प्रतिव्याक्ति १ हजार ५ सय रुपैया भाडा तिकेको पाइएको छ ।
यस्तै विराटनगर महानगरपालिका सहित अन्य स्थानियतहहरुले पनि आफ्ना नागरिकलाई ल्याउने तयारी गरिरहेका छन् । तसर्थ जिल्ला फर्कनेको संख्या अझै वढ्दै जाने पक्कापक्की छ ।
कोरोना संत्रमणको पछिल्लो अवस्थालाई हेर्ने हो भने प्रदेश नम्वर १ उच्च जोखिममा रहेको छ । मोरङ्का २ जना सङ्क्रमित उदयपुरको जमाती टोलिमा रहेका छन् । जसको कारण कोरोना संक्रमणको त्रास स्थानियहरुमा झनै वढ्दै गईरहेको छ ।
यसैविच स्थानिय सरकारले काठमन्डौमा वन्दाबन्दीले फसेका नागरिकलाई उद्धार गरि ल्याउदा, सरकारले आफ्नो कर्तव्य त पुरा गरिरहेको देखिन्छ । तर यसले संक्रमण भने झनै फैलन सक्ने खतरा रहेको केही स्थानियहरु बताउछन् ।
सरकारले वन्दावन्दीमा परेका आफ्ना नागरिकलाई संक्रमणको यो समयमा गृह जिल्ला अथवा गृह पालिकामा ल्याउनु भन्दा पनि उनिहरुको तथ्याङक संकलन गरि सोही स्थानमा राहत व्यावस्थापन गर्न सके उचित हुने र संक्रमण फैलन सक्ने सम्भावना कम हुने तर्क स्थानियहरुको रहेको छ ।
लकडाउनमा फसेका सर्वसाधरणलाई स्थानिय सरकार र जनप्रतिनिधिहरुको समन्वयनकारी भुमिकाले जिल्ला फर्किने वातावरण सिर्जना भएता पनि गाउघरमा आएपछि उनिहरु होमक्वारेन्टाइनमा नवस्ने गरेको जनगुनासो आउन थालिसकेको छ ।
गाँउमा फर्किएका सर्वसाधरणहरुको निगरानी गर्ने स्थानिय सरकार सग कुनै औपचारिक संयन्त्र पनि छैन । काठमान्डौ बाट आएका सर्वसाधरण सामान्य ज्वरो जाँच पश्चात सिदै घर प्रवेश गर्ने गरेका छन् ।
कोरोना संक्रमण न्युनिकरणका लाई वाहिर बाट आएका सर्वसाधरणहरुले सामान्यतया १४ दिन सम्म होमक्वारेन्टाइनमा वस्नु पर्ने नियम भएता पनि व्यावहारमा भने त्यो पालना भएको देखिदैन । जसले जोखिम बढ्न सक्ने खतरा रहेको छ ।