लेटाङ, २४ चैत । मोरङको लेटाङमा दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आएका बिपन्न परिवारलाई राहत वितरणका लागि लेटाङ उद्योग बाणिज्य संघको नेतृत्वमा सहयोग प्रदान गरिएको छ ।
संघका अध्यक्ष खड्गबहादुर श्रेष्ठ (साने) का अनुसार ४ हजार ७ सय ५० केजी चामल र २ हजार २ सय ५० केजी नुन लेटाङ नगरपालिकालाई सहयोग गरिएको हो ।
संघले १ हजार २ सय केजी, उत्तरी मोरङ क्रसर १ हजार ५० केजी, चिसाङ क्रसरले १ हजार केजी, लेटाङ खानेपानी संस्थाले १ हजार केजी र मोरङ साकोस ५ सय केजी चामल सहयोग गरेको हाे । त्यस्तै, ओमश्री क्रसरले २ हजार २ सय ५० केजी नुन सहयोग गरेको छ । एकमुष्ठ रुपमा उक्त सहयोग नगरपालिकाका मेयर शंकर राईलाई हस्तान्तरण गरिएको छ ।