काठमाडौँ / बैदेसिक रोजगारीको सिलसिलामा बिगत ६ बर्ष अघि साउदी अरब पुगेका इलाम माइनगरपालिका ४ का प्रेम बहादुर राई दुईवर्ष अगाडि झुटो मुद्दामा जेल परेका छन् कामगर्ने कम्पनीको समान चोरी भएपछि राईलाई दोेषि ठहर गर्दै अदालतले जेल र ५० कोर्रा सजाय सुनाएको थियो । अदालतले यस्तो सजाय सुनाएको भएपनि कम्पनीले आफ्नो सामानको क्षतिपूर्ति भराईपाउँ भनेर निवेदन दिएको थियो । सोहि निवेदनको आधारमा अदालतले राईलाई नेपाली (झण्डै ९५ लाख रुपैयाँ) कम्पनीलाई क्षतिपूर्ति दिन भन्दै फैसला गरेको छ |
एक नेपालीलाइ पर्दा अर्को नेपालीले सहयोग गर्नु पर्छ सम्पत्ती जतिसुकै भएपनि सहयोगी मन हुनुपर्छ भन्दै लामो समयबाट सामाजिक सेवामा रहेर बिभिन्न दुखि पिडितको सेवा गर्दै आज सम्म ५० लाख भन्दा बढी सहयोग गरि गरेका तेह्रथुम मेन्छयेम गाउँपालिका वडा नं ६ घरभई १५ वर्षदेखि अमेरिकामा बस्दै आएका समाजसेवी दम्पत्ती हेम थापा तथा माया थापा द्वारा बन्दी जीवन बिताइरहेका प्रेम राइको जीवन बचाउनका लागि आर्थिक सहयोग स्वरूप ५ लाख रुपैया सहयोग गरेका छन् |
समाजसेवी दम्पतिले एबिसी टेलिभिजनबाट प्रसारण हुने इन्द्रेणी कार्यक्रम संचालक गर्ने कृष्ण कंडेलको नाममा उक्त रकम पठाएका थिए आजै कार्यक्रम इन्द्रेणी मार्फत प्रस्तोता कृष्ण कंडेलले उक्त सहयोग रकम जम्मा भएको बताएका छन् भिडियो सहित ..