चित्रकलामा अब्बल भरत  

Letang Khabar सोमबार, बैशाख १०, २०७५

 थरीशनिश्चरे,१० बैशाख ।मोफसलका साना बजारमा चित्रकला ब्याबसाय गरेर जीविकोपार्जन गर्ने कुरा आफैंमा चुनौति पूर्ण छ ।अफसेटले छाप्ने सस्ता र बजारु चित्र र फोटोले चित्रकारहरूको मौलिक कलालाई,ओझेलमा पोरेको मात्र छैन । वर्षौं लगाएर गरेको अध्ययन र कला प्रतिको साधना पनि खीया लाग्ने अवस्थामा पुगेको छ ।
३२ वर्षीय भरत तामाङ तेलचित्र बनाउने पूर्वी मोरङका एक्ला सर्जक हुनुहुन्छ । कक्षा १ मा पढ्दा देखि पेन्सिलले चित्र कोर्न थाल्नुभएका तामाङ ११ वर्षयता ब्यावसायिक रुपमा चित्र कोरिरहनु भएको छ । ललित कला क्याम्पसबाट ‘बिएफए’ सम्मको अध्ययन गर्नु भएका तामाङ मोफसलमा चित्र बेचेर बाँच्न गाह्रो भएको बताउनु हुन्छ । चित्र बेचेर भविष्य निर्माण नहुने देखेपछि उहाँ २०६८ सालमा बैदेशिक रोजगारका लागि दुबई जानु भयो । हातमा सीप भएको ब्यक्ति संसारमा भोकै हुँदैन भन्ने प्रमाण भरतले समून्द्रपारीको दुवईमा पनि देखाउनु भयो । भन्नुहुन्छ–‘पेट्रोलियम कम्पनीको क्यासियर काममा गएको थिएँ । तर त्यहाँका शेखहरूले मेरो तेलचित्र मन पराए । उहाँ थप्न्ुहुन्छ–‘दुबईमा चित्र धेरै बेचें,पैसा पनि कमाएँ ।
आर्थिक रुपमा अत्यन्तै विपन्न भरत नेशनल आर्टस काउन्सिल(नाफा)बाट पटक पटक सम्मानित हुनु भएको छ । काउन्सिलले गर्ने हरेक कार्यक्रममा भरत सहभागिता रहने गरेको छ ।
पछिल्लो समय नेपालमा पनि तेलचित्रको माग बढेको छ । ठूला होटल र पर्यटकीय बजारमा तेल चित्रको माग उच्च छ । स्थानीय क्याफे,होटल र चित्रकलाका शौखिनहरूले राम्रो मूल्य लगाएर चित्र खरिद गर्ने गरेको भरतले सुनाउनु भयो । ठूला ठूला बंगालाहरूको बैठक कोठाका भित्तामा चित्र बनाउने कामले अचेल भरतको दैनिकी वेफुर्सदको भएको छ ।भन्नुहुन्छ–घरमा रंग लगाउन पनि ब्यावसायिक चित्रकारको माग हुन थालेको छ । रंग चलाउन सिपालु भएकै कारण भरतलाई बर्जर पेन्टसले आधिकारिक एजेन्ट बनाएको छ । भरतले भन्नुभयो–अहिले क्वालिटी कलर पेन्ट्स भन्ने पसल चलाएर रंग र चित्रको काम गरिरहेको छु ।
उहाँले स्थानीय ब्लाक विन्स क्याफेलाई ४० हजारमा एउटा तेलचित्र बिक्री गर्नुभयो ।यो नै उहाँले नेपालमा सर्वाधिक मुल्य लिएर बिक्री गर्नुभएको चित्र हो । तेल चित्रका लागि आवश्यक कच्चा पदार्थ नेपालमा पाइदैन । त्यसैले पनि चित्रको मूल्य बढी पर्ने उहाँको भनाई छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ