लेटाङ कानेपोखरी सडक डिपिआर हुँदै

Letang Khabar मंगलबार, पौष १५, २०७६

लेटाङ १५ पूस । लेटाङ–कानेपोखरी सडकलाई २ लेनको वनाउनका लागि लेटाङ नगरपालिकाले डिपिआर सूरु गरेको छ ।

लेटाङ– कानेपाखरी सडकमा अहिले भईरहेको अप्ठ्यारो अवस्थालाई मध्यनजर गरि २ लेनको सडक निर्माणका लागि डिपिआर सुरु गरिएको लेटाङ नगरपालिकाका मेयर शंकर राईले वताउनुभयो । सवारीको चाप धान्न नसकि अहिले सडकको अवस्था कमजोर भइ सवारी आवतजावतमा समेत समस्या भईरहेको छ । यहि अवस्थाको निराकरणका लागि २ लेनको सडक वनाउने योजना अघि सारेको नगरप्रमुख शंकर राईले वताउनुभयो । आगामी वर्ष देखि काम सुरु हुने समेत उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले यसै आर्थिक बर्ष देखि काम सुरु गर्ने गरि लेटाङ ५ मा रहेको खेरुवा खोलामा समेत पूल निर्माणका लागि डिपिआर गरिरहेको छ । वडा कार्यहरुलाई नगरपालिकाको कार्यलय संग सहज तरिकाले जोड्नका लागि पूल निर्माण गरिने भएको हो । वर्षाको समयमा लेटाङ ८ र ९ का जनताहरुले खोलाका कारण आवत जावत गर्न नसक्ने भएकाले सो समस्या समाधानका लागि सो पूल निर्माण गर्नु परेको नगरप्रमुख राईले बताउनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ