उधौली पर्व मनाईयो

Letang Khabar शनिबार, मंसिर २८, २०७६

प्रशान्त निराैला
लेटाङ २८ मंसिर । लेटाङ ९ धार्मिक चौकमा स्वर्गिय वमवहादुर निङलेखु (लिम्बु)काे नाममा उहाँका परिवारले वनाएको मञ्च उद्घाटन कार्यक्रम संगै विभिन्न जातजातीहरुका सांस्कृतिक नृत्यहरु देखाएर आज उधौली पूजा गरिएको छ ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरप्रमुख राईले मंच संगै वनाईएको स्व‍ निङलेखुकाे प्रतिमामा फुल चढाएर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा वाेल्दै नगरप्रमुख राईले उधौली पर्व नेपालीहरुले मनाउने विशेष चाड रहेको बताउनुभयो । नेपालका विभिन्न जातजातिहरु आफुले लगाएका वालीनाली थन्क्याउने वेलामा भगवानलाई चढाएर मात्र आफुले खाने चलनलाई उधौली पर्व भनिने उहाँकाे भनाई थियाे । नेपालका अधिकांस जातजातिले यो पर्व मनाए पनि लिम्बु राईहरुले यस पर्वलाई विशेष रुपमा मनाउने गरेकाले याे पर्व राई लिम्बुका लागि महत्व हुने उहाँकाे भनाई छ ।
लिम्बुहरुको सांस्कृतिक थलोको रुपमा विकास भईरहेको उक्त ठाँउमा भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले सहयोग गर्ने उहाँले बचन दिनुभयो । उहाँले सो ठाँउलाई धार्मिक पर्यटन क्षेत्र वनाउन नगरका तर्फवाट आफुले सहयोग गर्ने र माथिल्लो तहमा पनि यसका लागि सिफारिस गर्ने वताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष कृष्ण लुईटेलले थोरै वजेटले चाहेको जस्तो विकास गर्न कठिन रहेको वताउदै पर्याप्त वजेट प्राप्त भएमा यो क्षेत्रलाई नमुना धार्मिक पर्यटकिय क्षेत्र वनाउन सकिने वताउनुभयो । आफु लिम्बु जातिहरु संगै हुर्केको भएकाले यसका संस्कृतिहरु संग परिचित रहेको वताउदै उहाँले वडाको तर्फवाट जस्तोसुकै सहयोग गर्न आफु तयार रहेको भनाई राख्नुभयाे ।

कार्यक्रममा सो क्षेत्रलाई पर्यटकिय ठाँउ वनाउनका लागि वनेको समितिका अध्यक्ष सोमनाथ निरौलाले मेयर राईलाई ज्ञापन पत्र बुझाउनुभयो ।
कार्यक्रममा राई लिम्बु मगर जातिका सांस्कृतिक नाचहरु समेत देखाईएकाे थियाे ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ