लेटाङ २८ मंसिर । उत्तरी मोरङ महिला कृषि सहकारी संस्थाले आफ्नो १० औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज संस्थाको भवन लेटाङ ९ जाँतेमा आयोजित कार्यक्रममा संस्थाको वार्षिक प्रगती तथा आर्थीक प्रतिवेदन माथि छलफल तथा निर्णय गरेको थियो । कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यता रहेको थियो । नगरप्रमुख राईले महिला सहरकारीले गरिरहेको कामको प्रसंसा गर्दै नगरको तर्फवाट संस्थालाई सहयोग गर्ने वचन दिनुभयो । कृषि क्षेत्रमा संस्थाले गरेको योगदानको कदर गर्दै साथै संस्थाको आवश्यकतालाई मध्यनजर गर्दै एक थान कम्प्युटर सहयोग गर्ने प्रमूख राईले घोषणा गर्नुभयो ।
कार्यक्रमकी विशिष्ठ अतिथि नगरउपप्रमुख तथा सो संस्थाकी संस्थापक अध्यक्ष कृष्णकुमारी पोख्रेल (निरौला)ले संस्थाका सुरुवातमा ३० जनाले सुरु गरेको संस्थामा हाल ३ सय वढी कृषक महिलाहरु आवद्ध भएकोमा गर्व गर्नुभयो । संस्थाले प्रधानमन्त्री कृषी परियोजना सञ्चालन गर्न सकेको साथै ३ सय विगाहा भन्दा बढी टमाटार खेती गर्नका लागि महत्वपूर्ण भुमिका निभाएको जनाउनुभयो ।
९ नं वडा अध्यक्ष कृष्ण लुईटेल , सदावहार सामुदायिक बनका अध्यक्ष सुजित बुढाथोकी लगायतले संस्थाको प्रगतीको कामना ब्यक्त गर्नुभयो ।