नमुना साकोसमा कुवेर पौडेल

Letang Khabar शनिबार, आश्विन ०४, २०७६

लेटाङ ४ अशोज । नमुना साकोस लेटाङ ८ को १९ औ साधारण सभावाट कुवेर पौडेल अध्यक्षमा चयन हुनुभएको छ । उक्त सहकारीमा २ कार्यकाल लेखा संयोजक तथा अन्य विभिन्न उपसमितिमा काम गरिसक्नु भएका पौडेल सम्भवत लेटाङ नगरपालिकामा रहेका सहकारी मध्ये सवै भन्दा कान्छो अध्यक्ष भएको अनुमान गरिएको छ । ३२ बर्षकै उमेरमा विभिन्न सामाजिक तथा राजनीतिक नेतृत्व सम्हालि सक्नुभएको पौडेलले नमुना सहकारीको धरातल उकास्न उल्लेख्य मद्धत गर्ने अनुमान गरिन्छ ।

तत्कालिन जाँते गाविसको पहिलो सहकारी संस्थाको रुपमा रहको सो साकोसको शुक्रवार भएकाे साधारण सभावाट उपाध्यक्षमा स्थानिय समाजसेवी लोकबहादुर लिम्बु, सचिव मनोरथ घिमिरे र कोषाध्यक्षमा भिमा रिजाल चयन हुनुभएको छ । सहमतिका आधारमा चयन भएको कार्यसमितिले ४ बर्ष सम्म काम गर्ने छ ।

संस्थाले ७६ लाख ५ हजार ८ सय ४६ रुपैयाको आयव्यय प्रस्तुत गरेको कोषाध्क्षको प्रतिबेदनमा उल्लेख छ । संस्थाले यो वर्ष करिव १४ लाख खुद नाफा समेत गरेको वताईएको छ ।

नवनिर्वाचित अध्यक्ष पौडेलले संस्थावाट आउने सेवा तथा बोनसवाट विद्यार्थीहरुलाई पढाउन खर्च गर्नेे घोषणा गर्नुभएको छ । विपन्न तथा मेहेनती विद्यार्थीहरुको भविष्य निर्माणमा आफ्ना् योगदान रहोस भन्ने उदेश्य सहित पौडेलले लेटाङ ८ मा रहेको जाँते माविमा अध्यय्न गर्ने २ जना विद्याथीलाई पढाउने वताउनुभयो । पौडेलको यस्तो सत्कर्मको चारैतिर प्रसंसा समेत हुन थालेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ