चार्जमा राखेको मोवाइलमा गेम खेल्दा किशोरको मृत्यु

Letang Khabar बिहिबार, साउन १६, २०७६

लेटाङ २०७६ साउन १६ गते ।  चार्जमा राखेको मोवाइल खेल्दा बुधबार एकजनको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो ।

मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा उनलाई करेन्ट लागेको थियो । चार्जमा राखेको मोबाइलबाट करेन्ट लाग्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकाका डीएसपी राजकुमार खिइजुले जानकारी दिए ।

सौजन बुधबार राति साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुबैजना एउटै खाटमा सुतेका थिए । खाटको छेउमा सुतेका सौजनलाई मोवाइल चार्जमा राखेर गेम खेल्ने क्रममा एक्कासी करेन्ट लागेको थियो ।

प्रहरीका अनुसार करेन्ट लागेर छटपटाएपछि सुरजले बुवा, आमालाई बोलाएर बिजुली बन्द गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ