प्रशान्त निरौला
लेटाङ १० असार । लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ५० करोड ५७ लाख रुपैयाको अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको छ ।
नगरपालिकाको ५ औ नगरसभामा उपमेयर कृष्णकुमारी निरौलाले ५० करोड माथिको वजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत गरिएको वजेट अनुसार आन्तरिक राजश्व १ करोड ६० लाख प्राप्त हुने वताईएको छ ।
अन्य राजश्वमा १ करोड , गत वर्षको मौज्दात २ करोड २० लाख, संघिय सरकार राजश्व वाँडफाडमा ९ करोड ४१ लाख ,प्रदेश सरकार राजश्व वाँडफाड ८१ लाख ८८ हजार , संघिय सरकार समानिकरण अनुदान ११ करोड ६५ लाख , प्रदेश सरकार समानिकरण अनुदान ७१ लाख उनान्सत्तरी हजार, प्रदेश सरकार सशर्त अनुदान १३ करोड ६७ ला र संघिय सरकार समपूरक अनुदान ३ करोड गरि जम्मा ५० करोडको आय अनुमानित वजेट सार्वजनिक गरिएको हो ।
लेटाङ नगरपालिकाले चालु खर्च २३ करोड ४९ लाख ५० हजार तथा पूँजिगत तर्फ २७ करोड ३७ लाख ७ हजार रहेको अनुमानित वजेटमा उल्लेख गरिएको छ ।
नगरपालिकाले सडक , सिँचाई , खानेपानी , शहरी पूर्वाधार , आर्थिक , सामाजिक , साँस्कृतिक पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।
कृषि , पशुपालन र उद्यमशिलता लाई समेत नीति तथा कार्यक्रमकाे प्राथमिकतामा राखेको छ ।