जग्गाधनीद्वारा मुआब्जा माग

Letang Khabar बिहिबार, बैशाख ०६, २०७५

 

दमक, ६ वैशाख (रासस) झापाको दमक नगरपालिकासहित कमल गाउँपालिकाको दुईवटा वडामा निर्माण हुने भनिएको औद्योगिक पार्कका लागि १९४ स्थानीय जग्गाधनीले मुआब्जाको माग दाबी गरेका छन् ।

औद्योगिक पार्क स्थापनाका लागि दमक नगरपालिका–१० र कमल गाउँपालिका–७ का बासिन्दाले औद्योगिक व्यवस्थापन लिमिटेडसँग मुआब्जाको माग गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले गत फागुन १४ गते सार्वजनिक सूचना प्रकाशित गरी माग दाबीसहितको दर्खास्त आह्वान गरेको थियो । दमकस्थित औद्योगिक पार्क जग्गा प्राप्तिसम्बन्धी सम्पर्क कार्यालयका मुख्य सम्पर्क अधिकृत सन्देश थापाले मुआब्जाका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको बताउनुभयो । सो क्षेत्रको ३६७ बिगाह जग्गा प्राप्तिका लागि ४३० जग्गाधनीको नाममा सूचना प्रकाशित गरिएको थियो ।

औद्योगिक क्षेत्र स्थापनाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गा प्राप्ति गर्न जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । यसै आर्थिक वर्ष भित्रमा मुआब्जासम्बन्धी काम सक्नेगरी तयारी गरिएको उहाँले बताउनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ