लेटाङ, २ बैशाख २०७६ । एक युवाले वलत्कारीको हत्या गरेका छन् । शैलेश निरौलाले गाएको र्याप गीत “छोरी”को भिडियोमा बलत्कारी खुलेआम समाजमा हिडेको देखेर एक युवाले सहन नसकि हत्या गरेको दृष्य देखाईएको छ । नेपालमा बढिरहेको बलत्कार लगायतका अपराधिक कृयाकलापका विरुद्ध संगीतका माध्यमबाट चिरफार गर्ने क्रम हाल वढिरहेको छ । छोरीचेलीहरु विभत्स रुपमा मारिनुको पिडालाई गीतले मलम पट्टि लगाउन खोजेको छ ।
एचके किंग र दिपेश खतिवडाले खिचेको उक्त गीतको भिडियोमा देबु कट्टेल , पवित्रा कार्की , अंकिता निरौला , पृथ्बी लिम्बु , भुपाल कार्की , अर्पण राई , लेखनाथ भट्टराई , डिल्ली कट्टेल , शंकर बास्तोला , विसाल तामाङले अभिनय गरेका छन् । शैलेश निरौलाको अवधारणामा बनेको गीत तथा भिडियोलाई कपासेली ठिटोले निर्देशन गरेका हुन् । निजम केसी र मनिष प्रधानले ईडिट गरेको सो भिडियो च्यानल एलएमको युट्युब च्यानल बाट गीत सार्वजनिक भएको छ ।