लेटाङ २६ माघ । तेली खोलामा बन्न लागेको पक्की पूलको सोएल टेस्ट गर्ने कार्य स्थानियका अवरोधका कारण रोकिएको छ ।
लेटाङ नगरपालिका वडा नं. ८ र ९ जाँतेको सिमाना पर्ने तेली खोला र मिक्लाजुङ ५ को भाग जोड्ने पक्की पूलको लागि सोयल टेस्ट गर्ने क्रममा स्थानिय लेटाङ ९ जाँतेका तल्लो क्षेत्रका केही मानिसले विरोध गरेको भन्दै सोयल टेस्ट गर्ने टिम सवै सामान लिएर फर्किएको हो । सखुवा कन्सल्टेन्सी काठमान्डौले सोयल टेस्टको ठेक्का लिएको थियो भने १५ दिनमा सोयल टेस्टको काम सम्पन्न गर्ने वताएको थियो । पूललाई प्रदेश नं. १ को सरकारले वनाउन लागेको वतार्ईएको छ ।
स्थानिय ठाँउमा पूलको सोएल टेस्ट रोकीए पछि आक्रोश व्यक्त गर्दै स्थानियहरुले विभिन्न प्रतिक्रियाहरु समेत दिईरहेका छन् ।
“स्थानिय लेटाङ ९ वाटै विभिन्न निकायमा पूगेका जनप्रतिनीधिहरु विचको तानातानले पूलको सोएल टेस्ट गर्ने काममा अवरोध पुगेको हो ” स्थानिय गणेश भन्डारीले फेसवुकमा लेखेका छन् ।
स्थानिय जयसागर आचार्य लेख्छन् “जहाँ भएपनि विकास त जाँतेकै लागि हो त नेतालाई चहि के को खस खस ? सुविधा भएको राम्रो ठाँउमा चहि किन विकास माथि विकास गर्नु ? विकास नभएको ठाँउमा विकास हुन लाग्दा हुने असफलताको कसले रिक्स लिने ?”
स्थानिय पूण्य सापकोटा भन्छन् “९५ प्रतिशत स्थानियले ठीक भनेको परियोजना ५ प्रतिशत मानिसका लागि सारिन खोजियो र यसको परिणाम लेटाङ ९ वाट जनप्रतिनीधि वनेकाहरुले आगामी चुनावमा भोग्नेछन् । ”
यता लेटाङ ६ र ७ लाई जोड्ने भुवा खोलामा बन्ने पूलको भने सोएल टेस्टको काम सफलतापूर्वक सम्पन्न भएको छ । यो परियोजनाले अव गति लिने छ भने जाँतेको तेली खोलामा वन्ने भनिएको पक्की पूल अन्योलमा परेको छ ।