प्रशान्त निरौला
लेटाङ १३ पूष । लेटाङ नगरपालिका ४ नगरपालिका अगाडी अब उखुको जूस सेवन गर्न पाईने भएको छ । टंकप्रसाद पौडेल र विकास ओझाको १ लाख ५० हजार रुपैयाको संयुक्त लगानीमा उखु पेल्ने मेसिन सहित पसलको केही दिनमा सुभारम्भ हुने सञ्चालक पौडेलले लेटाङ खबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार ३५ रुपैयाको कोक फेन्टा लगायतका पेय पदार्थहरु सेवन गर्नू भन्दा २५ रुपैयाको एक ग्लास उखुको जुस पिउदाँ धेरै फाईदा हुने बताउनुभयो । लेटाङमा धेरै उखु उत्पादन नहुने भएकाले लेटाङ बाहिरवाट उखु ल्याएर जुस वनाउने सञ्चालक पौडेलले वताउनुभयो ।