बाख्रापालनमा गङ्गामायाको सफलता

Letang Khabar मंगलबार, पौष १०, २०७५

सात सयको माउ बाख्राबाट वार्षिक १ लाख बढी कमाई

लेटाङ(मोरङ) पुस । लगनशिल भएर बाख्रापालन गर्ने हो भने पैसा कमाउन ठूलो लगानी चाहिँदैन भन्ने उदाहरण प्रस्तुत गर्नु भएको छ ,मोरङको लेटाङ ३ की ४८ वर्षीया गङ्गामाया श्रेष्ठले ।
२०६१ सालमा लेटाङ बजारबाट ७ सय रुपियाँमा किनेर ल्याएको एउटा माउ बाख्राबाट उहाँ ७ वर्ष यता वर्सेनि १ लाख २५ रुपियाँ कमाइ रहनु भएको छ । गत वर्ष उहाँले ८ वटा पाठा र ४ वटा खसी बिक्री गर्नुभयो ।उहाँले खसी सरदर २२ हजार रुपियाँका दरले बेच्नु भयो भने पाठा ४८ हजार रुपियाँमा बिक्री गर्नुभयो ।
उहाँको गोठमा अहिले १६ वटा बाख्रापाठा छन् । उहाँले बाख्रापाल्न कसैको साथ सहयोग लिनु भएको छैन । नुन र चोकर दिएर उहाँ आफै बिहान ९ बजे तिर बाख्रा चराउन नजिकैको चारकोसे जङ्गलमा लानु हुन्छ । समय समयमा सामान्य उपचार बाहेक उहाँले बाख्रालाई ठूलो खर्च गरेर उपचार गर्नु परेको छैन । उहाँले भन्नुभयो –छोरी विद्यालय जाने, श्रीमान गाडी चलाउने ,बाख्रापालनको सबै चाँजो आफैले मिलाएको गङ्गामायाले सुनाउनु भयो ।
गङ्गामाया बाख्रापालनमा लागेको १४ वर्ष भयो । तर उहाँले बाख्रापालन सम्बन्धी न तालिम लिनु भएको छ , न कुनै फारम नै दर्ता गर्नु भएको छ । उहाँले सरकारी निकायबाट कुनै साथ सहयोग पाउनु भएको छैन । उहाँले भन्नुभयो–‘यत्तिकै फाइदा मै छु ।’किन अनेक टाउको दुखाउनु रु
७ सय हालेर किनेको माउ बाख्रो बुढो भएर म¥यो । त्यसयता एउटा पाठो पनि मरेको उहाँलाई सम्झना छैन । उहाँले अहिले गोठमा भएका सबै बाख्रा त्यही माउको भएको सुनाउनु भयो ।उहाँले बाख्राको खोर पनि परम्परागत नै बनाउनु भएको छ । बाख्राको बीमा समेत गर्नु भएको छैन । गङ्गामायाले कुनै जोखिम नभएकोले बीमा बारे नसोचेको बताउनु भयो ।
लेटाङ बजारको गङ्गे चौकबाट केही पश्चिममा उहाँको १० धुर जग्गा छ, त्यही जग्गामा घर र बाख्राको खोर । उहाँको बाख्रापालन हेर्दा गङ्गामायाका कुरा कथामा सुने जस्तो लाग्छ । तर ,त्यही साँघुरो ठाउँमा बनाइएका तीन वटा परम्परागत खोर भित्र उहाँको ब्यावसाय १४ वर्ष यता चलेको छ । आफ्नो खेती नभएकोले उहाँ जुतो मल प्रति टिन १० रुपियाँका दरका दरले बिक्री गर्नु हुन्छ । जुतो बेचेको पैसाले बाख्रालाई चोकर र नून ख्वाउन पुग्ने गङ्गामायाको भनाई छ ।
ब्यावसाय अलि बिस्तार गर्नु नि भन्ने जिज्ञाषामा उहाँले भन्नुभयो–‘यही ठाउँमा ४० वटा सम्म पालेको हुँ । अहिले भरखरै बिक्री गरेकोले बाख्रा थोरै छन् । यत्तिकै फापेको छ, नयाँ खोर बनाउँदा के हुन्छ, के हुन्छ , उहाँले भाग्यले साथ दिइरहेको सङ्केत गर्नुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ