प्रशान्त निरौला
लेटाङ ५ मंसिर । मोरङको लेटाङ नगरपालिकामा सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेशमा सबै सेवा विच समान व्यवहार नभएको भन्दै कर्मचारीहरुले विरोध तथा धर्ना जारी राखेपछि सेवा प्रवाह प्रभावित वनेको छ ।
केही दिनयता कर्मचारीको विरोध तथा धर्नाका कारण नगरपालिका बाट हुनुपर्ने काम सहज रुपमा नभए पछि नगरपालिका तथा वडा कार्यलयवाट दिईने सेवामा अवरोेध आएको हो । । पेसागत स्थायित्वका लागि कर्मचारी समायोजनमा सबै सेवा र समूहबिच समान व्यवहार नभएकाले विभिन्न माग राखी स्थानीय तह ट्रेड युनियन, एशोसिएसनहरु संयुक्त रूपमा आन्दोलनमा उत्रेका हुन् । सुन्दरहरैचा नगरपालिकामा ४० जना कर्मचारीले कार्यालयको प्राङ्गणमा बसेर कामकाज ठप्प पारी आन्दोलित छन ।
आन्दोलनमा रहेका कर्मचारीहरुले आफ्नो माग सम्बोधन हुनुपर्ने भन्दै लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरिप्रसाद चापाँगार्यलाई ज्ञापनपत्र समेत बुझाएका छन । पुष ९ गते सम्म आन्दोलन तथा धर्नालाई जारी राख्ने तथा कर्मचारीको माग सम्बोधन नभए केन्द्रको आदेश अनुसार थप संंर्घषका कार्यक्रम अघि बढाउने स्थानीय तह टे«ड युनियन संंयुक्त आन्दोलन परिचालन समिति लेटाङ नगरपालिका कार्यालयका सचिव श्यामकुमार राईले जानकारी दिएका छन ।
सरकारले कर्मचारीका माग पूरा नगरे चरणवद्ध रुपमा आन्दोलन गर्ने स्थानीय तह टे«ड युनियन संंयुक्त आन्दोलन परिचालन समिति लेटाङका संयोजक भानुभक्त राईले जनाए ।
स्थानीय तह टे«ड युनियन संंयुक्त आन्दोलन परिचालन समिति लेटाङका सदस्य पर्शुराम निरौलाले कर्मचारी कर्मचारीमा विभेद गरेर सरकारले अन्याय गरेको भन्दै कर्मचारीहरुलाई समान व्यवहार र सेवा सुविधा दिन सरकारको ध्यानाकर्षण गराए ।